तालिबान सरकारले अविवाहित महिलालाई धेरै तनाव दिन थाल्याे : राष्ट्र सङ्घ

 माघ ९, २०८० मंगलबार १८:३२:६ | एजेन्सी
unn.prixa.net

संयुक्त राष्ट्र सङ्घले अफगानिस्तानको तालिबान सरकारले अविवाहित महिलालाई धेरै तनाव दिन थालेको जनाएको छ ।

तालिबानले अविवाहित महिला वा पुरुष संरक्षक नभएकाहरूलाई काम गर्न प्रतिबन्ध लगाएको संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसका मुख्य प्रवक्ता स्टेफेन डुजारिकले बताउनुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

गएको महिनाको शुरुमा तालिबान अधिकारीहरूले अविवाहित महिला कर्मचारीलाई विवाह गर्न वा आफ्नो जागिर गुमाउन चेतावनी दिएका खबरमा उल्लेख छ । राष्ट्र सङ्घका अनुसार महिलाको काम गर्ने अधिकार, शिक्षा र आन्दोलनको स्वतन्त्रतामा प्रतिबन्धहरू बढ्दै गएका छन् । तालिबानले भित्रभित्रै महिलालाई कठोर सजाय दिइरहेको छ ।

गएको अक्टोबरमा सरकारले पुरुषको साथविना काम गरेको भन्दै ३ जना महिला स्वास्थ्यकर्मीलाई हिरासतमा लिएको थियो  ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया