अन्तरिक्षमा आणविक हतियार राख्ने रुसको कुनै योजना छैन : राष्ट्रपति पुटिन

 फागुन १९, २०८० शनिबार ९:१२:३४ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – रुसले अन्तरिक्षमा आणविक हतियार तैनाथ गर्ने गरी अहिलेसम्म कुनै योजना नबनाएको राष्ट्रपति भ्लादिमिर पुटिनले बताउनुभएको छ । सुरक्षा परिषद्का सदस्यहरूसँगको बैठकमा उहाँले पश्चिमाहरुले निराधार हल्ला फैलाउने काम गरेका टिप्पणी गर्नुभएको क्रेमलिनलाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

राष्ट्रपति पुटिनले यी हल्लामा आफूहरुले पहिलादेखि नै अन्तरिक्षमा आणविक हतियार तैनाथ गर्ने कुनै तयारी नभएको स्पष्ट पारिसकेको बताउनुभयो । रुसले आणविक अन्तरिक्ष हतियारको विकासमा काम गरिरहेको अमेरिकी गुप्तचर तथ्याङ्कले खुलासा गरेको दाबीसहित पश्चिमी सञ्चार माध्यमले खबर छापेका थिए ।

यी खबरपछि रुसको पछिल्लो प्रतिक्रिया आएको हो । अमेरिकी हाउस इन्टेलिजेन्स कमिटीका अध्यक्ष माइक टर्नरले रुसको कदमलाई गम्भीर राष्ट्रिय खतरा भनेपछि समाचार बाहिर आएको थियो।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया