धेरै बाँचेँ भनेर वृद्धले हाने आफ्नै पेटमा चक्कू

 कात्तिक २८, २०७५ बुधबार १७:५८:२० | सुजता सुनुवार
unn.prixa.net

प्रतिकात्मक तस्बिर

इलाम – इलामका एक वृद्धले धेरै वर्ष बाँचेको भन्दै आफ्नो पेटमा आफैले चक्कू प्रहार गरेका छन् ।

इलामको देउमाई नगरपालिका वडा नम्बर ४ पानीटारका लालबहादुर कटवालले बुधबार बिहान १०ः४५ बजे आफ्नो पेटमा आफैले चक्कू प्रहार गरेका हुन् ।

७६ वर्षका कटवालले धेरै वर्ष आफूलाई बाच्न मन नरहेको भन्दै चक्कू प्रहार गरी आत्महत्याको प्रयास गरेको जिल्ला प्रहरी कार्यलय इलामले जानकारी दिएको छ ।

प्रहरी हवल्दार विजय राईका अनुसार चक्कू प्रहारबाट गम्भीर घाइते भएका वृद्धलाई झापामा रहेको विर्तामोड मेडिकल कलेज (बीएमसी) अस्पतालमा उपचारका लागि लगिएको छ । 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया