भारतीय प्रहरीको सर्वाधिक खोजीमा रहेका दुई भारतीय नागरिक सर्लाहीबाट पक्राउ

 चैत ६, २०८० मंगलबार १२:५३:४९ | रामबाबु खड्का
unn.prixa.net

साङ्केतिक तस्बिर

सर्लाही – नेपाल प्रहरीले भारतीय प्रहरीको सर्वाधिक खोजीमा रहेका दुई जना भारतीय नागरिकलाई सर्लाहीको बरहथवाबाट पक्राउ गरेको छ ।

पक्राउ गर्न गएको प्रहरी टोलीलाई नै गोली प्रहार गरेर भाग्न खोजेका भारतीय नागरिक २८ वर्षीय सन्नीकुमार सिंह र २४ वर्षीय जितेन्द्र राउतलाई खुट्टामा गोली हानेर पक्राउ गरेको सर्लाहीका प्रहरी नायब उपरीक्षक दिपेन्द्र पंजियारले जानकारी दिनुभयो ।

बरहथवा नगरपालिका–६ मा डेरा गरी बस्दै आएका सिंह र राउतको साथबाट प्रहरीले ९ एमएम प्रिस्टन पेस्तोल म्यागजिन र त्यसमा लाग्ने गोली पनि बरामद गरेको छ । पक्राउ परेका उनीहरूमाथि व्यक्ति हत्या, डाँका, लुटपाटलगायत अपराधका मुद्दा रहेको प्रहरीले जनाएको छ ।

प्रहरीको गोली लागेर घाइते भएका जितेन्द्रको प्रादेशिक अस्पताल मलङ्गवामा उपचार भइरहेको छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया