सुनको भाउमा नयाँ रेकर्ड : तोलाको एक लाख ४२ हजार २ सय रुपैयाँ

 जेठ १८, २०८१ शुक्रबार ११:५०:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – सुनको भाउमा नयाँ रेकर्ड कायम भएको छ । आज सुनको भाउ तोलामा १ हजार ७ सय रुपैयाँले बढेर १ लाख ४२ हजार २ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुनको यो मूल्य अहिलेसम्मकै उच्च हो ।

हिजो सुनको भाउ तोलाको १ लाख ४० हजार ५ सय रुपैयाँ रहेको थियो । यसअघि जेठ ७ गते सुनको मूल्य अहिलेसम्मकै उच्च १ लाख ४१ हजार ८ सय रुपैयाँ पुगेको थियो । आज त्यो रेकर्ड तोडिएको छ ।

त्यस्तै चाँदीको भाउ भने आज २५ रुपैयाँले घटेको छ । चाँदी तोलामा २५ रुपैयाँले घटेर  १ हजार ८ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोला १ हजार ९ सय रुपैयाँ रहेको थियो । 

अन्तिम अपडेट: माघ ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया