उज्वेकिस्तान 'ए'लाई हराउँदै नेपालले जित्यो काभा महिला बिच भलिबलको उपाधि

 साउन १९, २०८१ शनिबार १६:५२:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काभा महिला बिच भलिबलको उपाधि नेपालले जितेको छ । भुटानको थिम्पुमा भएको फाइनल खेलमा नेपालका कमला पुन र मनीषा चौधरीको जोडीले उज्वेकिस्तान 'ए' टिमलाई २–० को सेटमा पराजित गर्दै उपाधि जितेको हो ।

नेपालले उज्वेकिस्तान 'ए' लाई २१–१७, २१–१४ ले पराजित गर्‍याे । नेपालले सबै पाँच खेलमा अपराजित रहँदै उपाधि जितेको हो । यस्तै पुरुषतर्फ नेपाल दोस्रो भएको छ । नेपालको मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारको जोडी फाइनलमा माल्दिभ्सको जोडीसँग २–० को सेटमा पराजित भएर दोस्रो भएको हो । 

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया