काठमाण्डौसहित देशभरका शिवालयहरुमा दर्शनार्थीको घुइँचो

 साउन २१, २०८१ सोमबार ९:४:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डौ – साउन महिनाको तेस्रो सोमवार आज बिहानैदेखि काठमाण्डौको पशुपतिनाथ लगायत देशभरका शिवालयहरुमा दर्शनार्थीको घुइँचो छ । साउन महिना भगवान् शिवको महिना र सोमवार भगवान् शिवजीको प्रिय बार भएकाले व्रत बस्ने परम्परा छ ।

पशुपतिनाथमा आज बिहान ३ बजेदेखि नै मन्दिरका चारवटै ढोका खोलिएका छन् । पशुपति क्षेत्र विकास कोषका अनुसार आज पशुपतिनाथमा आउने भक्तजनका लागि तीन वटा लाइनको व्यवस्था गरिएको छ । उमाकुण्ड, जयबागेश्वरी र पिङ्गलास्थानबाट प्रवेश गरी दर्शन गर्न सकिने गरी व्यवस्था मिलाइएको कोषले जनाएको छ ।

साउन महिनाका हरेक सोमवार व्रत बस्ने र शिव मन्दिरमा दूध र जल चढाई पूजा गरेमा मनोकांक्ष पूरा हुने धार्मिक विश्वास छ । आज भक्तपुरको दत्तात्राय र  डोलेश्वर, ललितपुरको कुम्भेश्वर र सन्तानेश्नर, चितवनको देवघाट, खोटाङको हलेसीलगायतका मन्दिरमा हरियो, पहेंलो र रातो पहिरनमा सजिएका व्रतालुको घुइँचो छ ।

पशुपतिमा बोलबम यात्रीहरु पनि उल्लेख्य सहभागी भएका छन् । बोलबम यात्रीहरुले काठमाण्डौको सुन्दरीजलबाट पैदल हिँंडेर शुद्ध जल लगेर पशुपतिमा चढाउने गर्छन् ।  
 

अन्तिम अपडेट: माघ १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया