आज १२ औँ राष्ट्रिय विज्ञान दिवस मनाइँदै

 असोज १, २०८१ मंगलबार ९:१०:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – आज १२ औँ राष्ट्रिय विज्ञान दिवस मनाइँदैछ । हरेक वर्ष असोज १ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यो दिवस मनाउँदै आएको छ । यसवर्ष ‘विज्ञान तथा प्रविधिः विकास र उत्पादन वृद्धि’ नाराका साथ दिवस मनाउन लागिएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विज्ञान, प्रविधि तथा अनुसन्धानमा भएका उपलब्धिबाट कृषि तथा औद्योगिक उत्पादन, उत्पादकत्व अभिवृद्धि र दिगो पूर्वाधार विकास हासिल गर्ने लक्ष्यतर्फ अनुसन्धानकर्ता, प्राज्ञिक वर्ग, वैज्ञानिक समाज, निजी क्षेत्र एवम् सरोकारवाला सबै निकायलाई प्रयासरत रहन प्रेरित गर्ने उदेश्यले दिवस मनाउन लागिएको जनाएको छ ।

नेपालमा विज्ञान शिक्षामा अमृत साइन्स क्याम्पसको स्थापना दिवसको अवसर पारेर विज्ञान दिवस मनाउन थालिएको हो । दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय विज्ञान दिवस प्राध्यापक, वैज्ञानिक, अनुसन्धानकर्ता, नवप्रवर्तक, उद्यमी, शिक्षक तथा विद्यार्थीलगायत विज्ञान प्रविधि प्रेमी सबैमा उत्साहको दिन रहेको बताउनुभएको छ ।

साथै उहाँले सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न विज्ञान र प्रविधिको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । 

अन्तिम अपडेट: माघ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया