अमेरिकामा नवनिर्वाचित राष्ट्रपति ट्रम्पबाट मन्त्रीमन्डल पूर्णता
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै – धनतेरसमा सुन र चाँदीका सिक्का (असर्फी) किन्न बबरमहलमा रहेको राष्ट्र बैंकको महाशाखा मुद्रा व्यवस्थापन विभागमा सर्वसाधारणको भीड लागेको छ । असर्फी किन्नका लागि आज बिहान ६ बजेदेखि नै लाइन लागेको थियो ।
राष्ट्र बैंकले २ दशमलव ५ ग्राम तौलको सुनको सिक्का बिक्री गरिरहेको छ । असर्फी आज दिउँसो ४ बजेसम्म लिन पाइनेछ । राष्ट्र बैंककाअनुसार एक जनाले एउटा मात्रै सुनको असर्फी पाउने छन् ।
त्यस्तै राष्ट्र बैंकले गएको आइतवारदेखि चाँदीको सिक्काको बिक्री खुला गरेको थियो । टक्सार महाशाखाले १० र २५ ग्रामको लक्ष्मी, गणेश, गजलक्ष्मी र गाई अङ्कित चाँदीको सिक्का विक्री गरिरहेको छ ।
धनतेरसको दिन धातु, सुनका गहरगना, भाँडाकुँडा किन्ने प्रचलन छ । त्यस्तै तिहारको लक्ष्मी पूजाको दिन सुन, चाँदीका सिक्का चढाउने चलन छ ।
तस्वीर : रासस र न्युज एजेन्सी नेपाल
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।