अमेरिकामा नवनिर्वाचित राष्ट्रपति ट्रम्पबाट मन्त्रीमन्डल पूर्णता
मंसिर ९, २०८१ आइतबार
काठमाण्डौ – प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले कान्छाराम कन्सट्रक्शनसहित १३ वटा कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ ।
कार्यालयले आज सूचना निकालेर ती कम्पनी/निर्माण व्यवसायी/आपूर्तिकर्तालाई कालोसूचीमा राखेको जानकारी दिएको हो । दुई वटा कम्पनीलाई साढे दुई वर्ष, दुई वटालाई दुई वर्ष, तीन वटालाई डेढ वर्ष र अन्य ६ वटा कम्पनीलाई एक वर्षसम्मका लागि कालोसूचीमा राखिएको हो ।
साढे दुई वर्षसम्मको कालोसूचीमा पर्नेमा कांग्रेस नेता एवम् ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) मुख्य व्यक्ति रहेको कान्छाराम कन्सट्रक्शनसहित रमिला लामा मुख्य व्यक्ति रहेको एन.बी.कन्स्ट्रक्सन, टेन्डी शेर्पा मुख्य व्यक्ति भएको द कञ्चनजङ्घा कन्स्ट्रक्सन र सुबित श्रेष्ठ मुख्य व्यक्ति भएको बिरुवा कन्स्ट्रक्शन रहेका छन् ।
उनीहरूले ठेक्का लिएको काम सन्तोषजनक नभएकाले कालोसूचीमा राखिएको हो । कालोसूचीमा परेकाहरूले कालोसूचीमा राखेको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउँदैनन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।