कम्बोडियाका प्रधानमन्त्री सेनद्वारा पाटन दरबार क्षेत्रको भ्रमण

 मंसिर १४, २०७५ शुक्रबार १३:२०:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं – कम्बोडियाका प्रधानमन्त्री हुन सेनले पाटन दरबार क्षेत्रको भ्रमण गर्नुभएको छ ।

नेपाल भ्रमणमा रहनु भएका प्रधानमन्त्री सेनले शुक्रबार बिहान ऐतिहासिक तथा पुरातात्विक महत्वको पाटन दरबार क्षेत्र भित्र रहेकोे कृष्ण मन्दिर, पाटन संग्राहलय र नजिकै रहेकोे हिरण्य वर्ण महाविहारको पनि रुचीपूर्वक भ्रमण गर्नु भएको हो ।

बिहान साढे १० बजेतिर यो क्षेत्रमा पुग्नु भएका उहाँलाई ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाललगायतले स्वागत गर्नु भएको थियो । त्यस अवसरमा उहाँको सम्मानमा नेवारी संस्कृति झल्कने खालका नेवारी बाजासमेत बजाइएको थियो ।

भ्रमणका क्रममा प्रधानमन्त्री सेनले भूकम्पले क्षति पुर्‍याएका सम्पदाहरुको पुनर्निर्माणबारे पनि चासो राख्नु भएको थियो । प्रधानमन्त्री सेनले पाटन दरबार क्षेत्रभित्र रहेका सम्पदाहरुको रुचीपूर्वक अवलोकन गर्नु भएको ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले जानकारी दिनु भयो ।

भ्रमणका क्रममा उहाँले छैठौं शताब्दीमा बनेको हिरण्य वर्ण महाविहारमा पूजापाठ समेत गर्नु भएको थियो । प्रधानमन्त्री सेनलाई भूकम्पले क्षति पुर्‍याएकाे सम्पदाहरुबारे विस्तृत जानकारी गराइएको थियो । एसिया प्यासिफिक समिटमा भाग लिन प्रधानमन्त्री सेन बिहीबार काठमाडौं आइपुग्नु भएको थियो ।

तस्बिर : रासस
 

अन्तिम अपडेट: माघ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया