सिरियाका अपदस्थ राष्ट्रपति असद परिवारसहित रुसको शरणमा

 मंसिर २४, २०८१ सोमबार ६:३:३३ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

सिरियाका अपदस्थ राष्ट्रपति बसर अल असद परिवारसहित रुसको राजधानी मस्को पुग्नुभएको छ । रुसले असदसहित परिवारलाई शरण दिएको रुसी  सञ्चार माध्यमले दाबी गरेको हो ।

विद्रोहीले हिजो सिरियाको राजधानी दमास्कस नियन्त्रणमा लिए लगत्तै राष्ट्रपति बसर अल असद देश छोडेर भागेको बीबीसीले जनाएको छ । मस्को पुगेका असद र उहाँको परिवारलाई राजनीतिक शरण दिइएको खबरमा उल्लेख छ ।

रुसले सिरियाली नागरिकको हित र रुससँगको द्विदेशीय सम्बन्ध विकासका लागि वार्ता आवश्यक रहेको बताएको छ ।

यस्तै रुसले पछिल्लो सिरिया सङ्कटमा विद्रोही नेताहरुसँग वार्ता र संवादमार्फत राजनीतिक समाधानको खोजी गर्नसमेत आह्वान गरेको छ । यसका लागि आफू मध्यस्तकर्ताको भूमिका खेल्न र मस्कोमै तयारी गर्न सहयोग गर्ने रुसको भनाइ छ ।

यसैबीच सिरियामा बसर अल–असद सरकारको पतनलाई पश्चिमी देशहरूले स्वागत गरेका छन् । फ्रान्स, बेलायत र जर्मनीले असदको सत्ताच्युतको स्वागत गरेका हुन् ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सिरियाको सत्ताबाट बसर अल–असदको पतनलाई मध्यपूर्व क्षेत्रका लागि ऐतिहासिक दिनको रूपमा व्याख्या गर्दै केही खतराको आशङ्का पनि व्यक्त गर्नुभएको छ । 
 

अन्तिम अपडेट: पुस ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया