नेपालका अन्तर्राष्ट्रिय तेक्वान्दो खेलाडी राजु क्षेत्री यूएस ओपनमा निर्णायक

 फागुन २, २०८१ शुक्रबार ६:२४:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपालका अन्तर्राष्ट्रिय तेक्वान्दो खेलाडी राजु क्षेत्रीले विश्व वरीयतामा रहेको जी–टूको प्रतियोगिता यूएस ओपन तेक्वान्दो च्याम्पियनशिपमा निर्णायकको भूमिका निभाउने भएका छन् ।

आज फेब्रुअरी १४ देखि १६ सम्म अमेरिकाको नेभाडाको रेनोमा हुने प्रतियोगितामा ५० देशका झन्डै २४ सय खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । अन्तर्राष्ट्रिय निर्णायक क्षेत्रीले यूएस ओपनमा निर्णायकको भूमिका निभाउन लागेको यो लगातार तेस्रोपल्ट हो ।

विश्व तेक्वान्दोले युएस तेक्वान्दो र यूएस ओलम्पिकको संयोजनमा आयोजना गर्ने प्रतियोगिता विश्वको ठूलो प्रतियोगितामध्ये एक हो । क्षेत्रीले यसअघि सन् २०२३ मा लस भेगास र गएको वर्ष रेनोमै भएको यूएस ओपन च्याम्पियनशिपमा निर्णायकको भूमिका निभाएका थिए ।

त्यस्तै दक्षिण कोरियामा भएको विश्व वरीयताको जी–वान प्रतियोगिता किमुन्योङ कप, जापानको ओसाकामा भएको जापान ओपन र कोरियामा २०२३ मा भएको सिओङनाम ओपन प्रतियोगितामा निर्णायकको भूमिका निभाएका थिए ।

क्षेत्रीले सन् २००८ मा भएको विश्व वरीयताको जी–टू कोरियन ओपन अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीको रूपमा स्वर्ण जितेका थिए । खेलकुद क्षेत्रमा पुर्‍याएको योगदानका कारण क्षेत्रीलाई २०१३ मा कोरिया सरकारले मानार्थ नागरिकता प्रदान गर्दै सम्मान गरेको थियो ।
 

अन्तिम अपडेट: फागुन २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया