इंग्लिस प्रिमियर लिगमा उल्भ्सलाई हराउँदै चेल्सी चौथो स्थानमा उक्...
माघ ८, २०८१ मंगलबार
काठमाडाैं - पर्यटन, नागरिक उड्डयन तथा संस्कृति मन्त्री रविन्द्र अधिकारीले वाइडबडी विमान खरिदका सम्बन्धमा मन्त्रालय गम्भीर रहेको भन्दै आवश्यक परे थप अध्ययन अघि बढाउने प्रतिबद्धता जनाउनुभएको छ ।
प्रतिनिधिसभा अन्तरगतको सार्वजनिक लेखा समितिको बुधबारको बैठकमा मन्त्री अधिकारीले यस्ताे बताउनुभएको हो ।
समिति सदस्यहरुले विवादित विमान खरिद प्रक्रियाबारे सरोकारवाला मन्त्रालय नै गम्भीर नबनेको , जिम्मेवार मन्त्रीले चित्त बुझ्दो गरी जवाफ दिन नसकेको भन्दै आक्रोश पोखेपछि मन्त्रीले यस्तो प्रतिबद्धता जनाउनुभएको हो । उहाँले मन्त्रालय चुप लागेर नबसेको पनि स्पष्ट पार्नुभयो ।
छानविन समितिको प्रतिवेदनले पनि थुप्रै प्रश्न उब्जाएको भन्दै उहाँले त्यसमाथि पनि अध्ययन जरुरी रहेको बताउनुभयो ।
मन्त्री अधिकारीले नेपाल वायुसेवा निगमभित्र कमजोरी पनि भएको स्वीकार गर्दै स्पष्ट छानविन गर्नुपर्छ भन्नेमा मन्त्रालय स्पष्ट रहेको बताउनुभयो । यसबारे समितिले छानबिन गरी ल्याउने वास्तविकतालाई मन्त्रालयले प्रक्रियामा लैजाने पनि उहाँले स्पष्ट पार्नुभयो ।
समितिले निगमको वाइडबडी खरिदमा भएको भनिएको आर्थिक अनियमितताका सम्बन्धमा आज मन्त्री अधिकारीसँग छलफल गरेको हो । यसअघि निगमका पदाधिकारी, मन्त्रालयका सचिव लगायतसँग छलफल गरेको थियो ।
वाइडबडी खरिद प्रक्रिया नियमसम्मत नरहेको भन्ने महालेखा परीक्षकको प्रतिवेदनसँगै यसमा झण्डै ६ अर्बको आर्थिक अनियमितता भएको चर्चा भएपछि संसदीय समितिले यसमा चासो देखाएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।