इंग्लिस प्रिमियर लिगमा उल्भ्सलाई हराउँदै चेल्सी चौथो स्थानमा उक्...
माघ ८, २०८१ मंगलबार
संघीय समाजवादी फोरम नेपालको केन्द्रिय समितिको बैठक शनिबार (आज) बाट सुरु भएको छ ।
प्रधानमन्त्री केपी ओली सरकारलाई समर्थन गर्दै सरकारमा गएपछि संघीय समाजवादी फोरम नेपालको यो पहिलो केन्द्रिय समितिको बैठक हो । बिहीबार बसेको पार्टीको राजनैतिक समितिको बैठकले केन्द्रिय समितिको बैठक बोलाउने निर्णय गरेको थियो ।
शनिबार सुरु भएकाे केन्द्रिय समितिको बैठकमा पार्टिको महाधिवेशनको मिति तय गर्ने र सरकारको समीक्षा समेत गर्ने बताइएको छ । केन्द्रिय समिति बैठकमा प्रदेश कमिटीहरू गठन, सदस्यता नवीकरणसम्बन्धी नयाँ कार्यविधि तय गर्ने पनि बताइएको छ । सरकारमा जाँदा संविधान संशाेधनको मूल मुद्दा छोडेको भन्दै अधिकांश केन्द्रिय सदस्यहरुले पार्टी नेतृत्वको आलोचना गर्दै आएका छन् ।
संविधान घोषणा भएको दिनलाई कालो दिवस मनाउने केन्द्रिय सदस्य आन्तरिक कारवाहीको घेरामा परेपछि पार्टी अध्यक्ष उपेन्द्र यादवले सरकारसँग मुद्दा साटेको आरोप समेत लाग्दै आएको छ ।
यसबारे केही केन्द्रिय सदस्यहरुले अध्यक्ष यादवसँग जवाफ माग्ने तयारी पनि गरेका छन् । संघीय समाजवादी फोरमले पार्टीको केन्द्रिय महाधिवेशन आउँदाे वैशाखमा गर्ने तयारी गरेको पनि बुझिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।