इंग्लिस प्रिमियर लिगमा उल्भ्सलाई हराउँदै चेल्सी चौथो स्थानमा उक्...
माघ ८, २०८१ मंगलबार
काठमाडौं – नेपाली कांग्रेसले विधानमाथिको छलफललाई शनिबार अन्त्य गर्ने तयारी गरेको छ ।
केन्द्रीय पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकले शनिबार विधानमाथिको छलफललाई अन्तिम टुंगो लगाउने भएको हो । शनिबार केन्द्रीय सदस्यहरु सीता गुरुङ्ग र डीला संग्रौलाले धारण राख्नुभएको थियो ।
त्यसपछि उपसभापति बिजय गच्छदार, महामन्त्री डा.शंशाक कोइराला, सहमहामन्त्री डाक्टर प्रकाशशरण महत, कोषाध्यक्ष सीतादेवी यादवले विधानमाथि धारणा राख्नुभएको थियो ।
बैठकमा पार्टी सदस्यतालाई खुल्ला गर्ने वा मौजुदा साधारण र क्रियाशील गरेर दुई प्रकारको कायमै राख्ने, पदाधिकारीको संख्या बढाउने वा अहिलेकै संख्यामा कायम राख्ने, भात्तृसंस्थाको सुदृढीकरण, प्रदेश र केन्द्रको समन्वय तथा विदेशस्थित पार्टीको जनसम्पर्क समितिहरुको प्रतिनिधित्वका बारेमा बैठकमा छलफल चलिरहेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।
शनिबार रातिसम्म विधानमाथिको छलफल सकिएमा आइतबारको बैठकमा राजनीतिक प्रस्ताव पेश हुने प्रवक्ता शर्माले जानकारी दिनुभयो । साथै आइतबार नै महासमिति बैठक व्यवस्थापन समतिको पनि बैठक बस्ने उहाँले बताउनुभयो ।
मंसिर ९ गतेको केन्द्रीय कार्यसमिति बैठकमा विधानमस्यौदा प्रस्ताव पेश भएको थियो । १३ गतेदेखि विधानमस्यौदा माथि केन्द्रीय समिति बैठकमा छलफल चलिरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।