मन्त्री विश्वकर्मा नयाँ दिल्लीमा ‘डा अम्वेडकर अन्तर्राष्ट्रिय अवार्ड’बाट सम्मानित

 मंसिर २४, २०७५ सोमबार १४:१०:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ‘डा अम्बेडकर अन्तर्राष्ट्रिय अवार्ड २०१८’ बाट सम्मानित हुनुभएको छ ।

दलित तथा पछाडि पारिएको वर्गको उत्थान, विकासका र अधिकारका लागि गरेको योगदानको सम्मान गर्दै भारतीय दलित साहित्य एकेडेमीले भारतको राजधानी नयाँ दिल्लीमा आयोजित एक समारोहबीच मन्त्री विश्वकर्मालाई आइतबार यस्तो सम्मान प्रदान गरेको मन्त्री विश्वकर्माका स्वकीय सचिव सुशील विकेले जानकारी दिनुभयो ।

दलित आन्दोलनका अगुवा तथा भारतीय संविधानका निर्माता डा भीमराव अम्वेडकरको नाममा डा अम्बेडकर अन्तर्राष्ट्रिय अवार्ड स्थापना गरिएको हो । दलित आन्दोलन, कला, साहित्य, अध्ययन र अनुसन्धानको क्षेत्रमा योगदान गर्ने व्यक्तिलाई एकेडेमीले प्रत्येक वर्ष पुरस्कृत गर्ने गरेको छ ।

मन्त्री विश्वकर्माले आफूले पाएको सम्मान, जातीय विभेद् र छुवाछुतविरुद्धको, सामाजिक न्याय, समानता र मानव मर्यादाको आन्दोलन, नेपाली दलितमुक्ति आन्दोलनकै सम्मान भएको बताउनुभयो ।

हिन्दू धर्म र वर्णाश्रम व्यवस्था, जाती व्यवस्था, धर्म, संस्कार, राजनीति तथा विभिन्न दर्शनशास्त्रको गहन अध्ययन गरी डा अम्वेडकरले दिनुभएका विचार उत्पीडित दलितको मुक्ति र सङ्घर्षका लागि सदाबहार प्रेरणादायी र मार्गदर्शक भएको बताउँदै मन्त्री विश्वकर्माले एकेडेमीले उहाँका विचारलाई चीरस्थायी बनाउन र दलित आन्दोलनलाई अन्तर्राष्ट्रियकरण गर्न गरेको कामको प्रशंसा गर्नुभयो ।

एकेडेमीले ३४ औँ सम्मेलनका क्रममा दलित आन्दोलनमा योगदान पु¥याएका दक्षिण एशियाका दलित आन्दोलनकर्मीलाई विभिन्न विधाका अवार्ड वितरण गरेको थियो । 

अन्तिम अपडेट: माघ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया