निर्मला पन्तको हत्यारा सार्वजनिक गर्न सुशासन समितिले दियाे प्रहरीलाई निर्देशन

 मंसिर २४, २०७५ सोमबार १५:१०:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - संसदीय समितिले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई तत्काल सार्वजनिक गरी दोषीमाथि कडा कारबाही गर्न नेपाल प्रहरीलाई पुनः निर्देशन दिएको छ । 

संघीय संसद राष्ट्रियसभा अन्तरगतको दिगो विकास तथा सुशासन समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले मुलुकमा बढ्दो हत्या, हिंसा, चोरी, डकैती नियन्त्रणका लागि आवश्यक सजकता र सतर्कता अपनाउन पनि नेपाल प्रहरीलाई सचेत गराएको छ ।

निर्मला पन्तको हत्यारालाई तत्काल सार्वजनिक गरी कडा कारबाही गर्न नेपाल प्रहरीलाई पुनः निर्देशन दिनु परेको समितिकी सभापति तारादेवी भट्टले जानकारी दिनु भयो । समितिले मुलुकमा शान्ति सुरक्षा कायम गर्न पनि नेपाल प्रहरीलाई सतर्क रहन सचेत गराएको छ ।

बैठकमा समितिका सदस्यहरुले निर्मला पन्तको हत्यारालाई अझै पक्राउ गर्न नसकेको भन्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको चर्को आलोचना गरेका थिए । जवाफमा प्रहरी महानिरीक्षक खनालले निर्मला पन्तको हत्याराको खोजी कार्य जारी रहेको बताउनु भयो ।

उहाँले त्यस घटनालाई प्रभावित तुल्याउने गतिविधि हुन नदिन समितिसँग आग्रह पनि गर्नुभयो । महानिरीक्षक खनालले नेपाल प्रहरीले निर्मला पन्त हत्या घटनाको अनुसन्धानको कामलाई आफ्नो क्षमताले भ्याएसम्म इमान्दारिताका साथ गरिरहेको पनि स्पष्ट पार्नु भयो ।

सीसीटीभीलगायतका अनुसन्धानलाई सहज बनाउने संयन्त्र नभएकाले सो घटनाको अनुसन्धानलाई टुंगोमा पुर्याउन समय लागेको उहाँको भनाई थियो । प्रहरी महानिरीक्षक खनालले निर्मला पन्तको हत्यारालाई कारबाहीकाे दायरामा ल्याउने प्रतिवद्धता पनि समिति समक्ष पटकपटक दोहोर्याउनु भयाे ।  

अन्तिम अपडेट: माघ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया