पत्रकारहरुलाई सही समाचार लेख्न सभामुख महराकाे आग्रह

 पुष १, २०७५ आइतबार १४:४२:४ | उज्यालो सहकर्मी

काठमाडाैं - प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले पत्रकारहरुलाई सही समाचार लेख्न आग्रह गर्नु भएको छ । 

सभामुख महराले पत्रकारहरुमाथि सधैं प्रतिपक्षको जस्तो व्यवहार गर्ने गरेको आरोप लाग्ने गरेको उल्लेख गर्दै सरकार र संघीय संसदको काममा सहयोगी बन्न पनि आग्रह गर्नु भयो ।

आइतबार काठमाडौंमा आयोजित संसदीय मामिला पत्रकार समाजको अधिवेशनलाई सम्बोधन गर्दै उहाँले रचनात्मक प्रतिपक्षीय भूमिकामा आउन पनि पत्रकारहरुको ध्यानाकर्षण गराउनु भयो । उहाँले संसदीय मामिला पत्रकारहरुको आवश्यकतालाई आफूले नजिकबाट महसुस गरेको उल्लेख गर्दै सम्बोधन गर्ने आ अाश्वासन पनि दिनु भयो ।

सभामुख महराले संघीय संसदको हिउँदे अधिवेशनले संघ, प्रदेश र स्थानीय तहमा देखिएको कानुनसम्बन्धी सबै समस्या समाधान गर्ने विश्वास पनि व्यक्त गर्नु भयो ।

उहाँले प्रतिनिधिसभा भवन मर्मत सम्भारका कारण संघीय संसदको हिउँदे अधिवेशन बोलाउने काममा ढिलाई हुन गएको पनि स्मरण गराउनु भयो ।

अन्तिम अपडेट: माघ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया