इंग्लिस प्रिमियर लिगमा उल्भ्सलाई हराउँदै चेल्सी चौथो स्थानमा उक्...
माघ ८, २०८१ मंगलबार
काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठकमा पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पेश गर्नु भएको राजनीतिक प्रतिवेदनमाथि छलफल सुरु भएको छ ।
सोमबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सुरु भएको पार्टी स्थायी समिति बैठकमा अध्यक्षद्वय ओली र दाहालले संयुक्त रुपमा शनिबार पेश गर्नु भएको राजनीतिक प्रतिवेदनमाथि केन्द्रित भएर छलफल सुरु गरिएको हो ।
छलफलमा भाग लिँदै नेताहरुले दुई पार्टीबीच एकीकरण भएको सात महिना बित्दा पनि पार्टी संगठनहरुको एकीकरणको काम सम्पन्न गर्न नसकेको भन्दै पार्टी नेतृत्वको आलोचना गरेका थिए ।
त्यसैगरी उनीहरुले प्रदेश कमिटीको एकीकरण मापदण्डबिना नै निर्माण गरिएको भन्दै सच्याउन पनि पार्टी नेतृत्वसँग माग गरेका थिए । बैठकमा राजनीतिक प्रतिवेदनमाथि सचिवालय सदस्य वामदेव गौतमले आफ्नो लिखित फरक मत पेश गर्नु भएको थियो भने नेताहरु अग्नि सापकोटा, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, मुकुन्द न्यौपाने, हरिबोल गजुरेल, गणेश शाह, बेदुराम भुसाल, शक्ति बस्नेतसहित १० जना नेताहरुले छलफलमा भाग लिनु भएको थियो ।
नेताहरुले पार्टी एकीकरणपछिको हालसम्मको निर्णय प्रक्रियाप्रति पनि असन्तुष्टि जनाएका थिए । पार्टी सचिवालय बैठकबाट निर्णय लिने प्रक्रियामा असहमति जनाउँदै नेताहरुले पार्टी स्थायी समिति बैठकबाट हरेक निर्णय लिन नेतृत्वको गम्भीर ध्यानाकर्षण गराएको स्थायी समिति सदस्य योगेश भट्टराईले जानकारी दिनुभयो ।
बैठकमा नेताहरुले हरेक निर्णय पार्टीको स्थायी समितिबाट लिन पनि नेतृत्वलाई सचेत गराएका छन् । यता, सरकारको काम कारबाहीप्रति भने आजको बैठकमा बोल्ने नेताहरु नरम देखिएका थिए । उनीहरुले संघीयतालाई स्थापित गराउन, अन्तर्राष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउन, अर्थतन्त्रलाई सुदृढ बनाउन केन्द्रित भएको भन्दै सरकारप्रति नरम देखिएका हुन् ।
संघीयता कार्यान्वयनका लागि आवश्यक कानुन निर्माण गर्ने कामसमेत सरकारले गरिरहेकोमा नेताहरुले सन्तुष्टि जनाएको पनि स्थायी समिति सदस्य भट्टराईले बताउनुभयो । नेताहरुले पार्टी र सरकारबीच समन्वय नदेखिएको भन्दै प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीको ध्यानाकर्षण गराएका थिए ।
शनिबारबाट सुरु भएको बैठकमा अध्यक्षद्वय ओली र दाहालले सरकारको कामकारबाहीप्रति केन्द्रित भएर पार्टीको राजनीतिक प्रतिवेदन तयार पार्नु भएको थियो । त्यसै प्रतिवेदनमाथि सोमबारको बैठकबाट छलफल सुरु गरिएको हो । बैठकको सुरुमा बोल्दै अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले पार्टी र सरकारबारे खुलेर छलफलमा भाग लिन नेताहरुलाई आग्रह गर्नु भएको थियो ।
स्थायी समिति बैठक मंगलबार पनि बस्नेछ । त्यसमा बाँकी सदस्यहरुले छलफलमा भाग लिनु हुने पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।