इंग्लिस प्रिमियर लिगमा उल्भ्सलाई हराउँदै चेल्सी चौथो स्थानमा उक्...
माघ ८, २०८१ मंगलबार
काठमाडौं – राष्ट्रियसभाका सांसदहरुले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार नभई निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य अघि नबढाउन सरकारलाई सचेत गराएका छन् ।
संघीय संसद राष्ट्रिय सरोकार तथा समन्वय समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकमा बोल्दै राष्ट्रिय सभाका सांसद सुरेन्द्रराज पाण्डेले विमानस्थल निर्माणको काम सुरु गर्नुअघि नै स्थानीय जनताको माग सम्बोधन गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो । स्थानीय जनताको उचित बसोबासको व्यवस्था गरेर मात्रै आयोजना अघि बढाउन उपयुक्त हुने सांसद पाण्डेको भनाई छ ।
राष्ट्रियसभाकै अर्का सांसद खिमलाल भट्टराईले सो आयोजना निर्माण कार्यमा ढिलाई नगर्न सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले स्थानीय जनताले पनि आयोजना निर्माण कार्य अघि बढाउन आग्रह गरिरहेको स्मरण गराउँदै तोकिएकै मितिमा समयमा सम्पन्न हुने गरी विमानस्थल निर्माण कार्य अघि बढाउनुपर्ने आवश्यक्ता औँल्याउनुभयो ।
आउँदो ४ वर्षभित्र सम्पन्न गरी सक्ने लक्ष्य लिइएको त्यस राष्ट्रिय गौरवको आयोजनाको लागत एक खर्ब २० अर्ब अनुमान गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।