इंग्लिस प्रिमियर लिगमा उल्भ्सलाई हराउँदै चेल्सी चौथो स्थानमा उक्...
माघ ८, २०८१ मंगलबार
काठमाडौं – काठमाडौंमा जारी नेपाली कांग्रेस महासमिति बैठक लम्बिने भएको छ ।
पार्टीको विधान मस्यौदामा शीर्ष नेताहरुबीच सहमति नजुटेपछि महासमिति बैठक दुई दिन पर सर्ने भएको हो । पार्टीको विधान मस्यौदामा सहमति नजुटेपछि महासमिति बैठक २ दिन लम्बिने भएको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।
कांग्रेसको महासमिति बैठकको स्थान पनि परिवर्तन हुने भएको छ । बिहीबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा महासमिति बैठक सार्ने तयारी पनि गरिएको प्रवक्ता शर्माले बताउनुभयो ।
विधान मस्यौदामा सहमति जुटाउन मंगलबार दिउँसो बसेको पार्टी केन्द्रीय कार्य समिति बैठकले पनि ठोस निर्णय लिन सकेन । तर नेताहरुबीच पदाधिकारी संख्या बढाउने विषयमा भने सहमति जुटेको पनि प्रवक्ता शर्माले बताउनुभयो ।
विधानमा सहमति जुटाउन ढिलाई हुँदा मंगलबार बिहान कांग्रेस महासमिति बैठकमा हो–हल्ला समेत भएको थियो । अहिले महासमिति बैठक जारी छ । बैठकमा नेताहरुबीच राजनीतिक, आर्थिक, सांगठनिक तथा पार्टीको आन्तरिक आर्थिक नीतिका बारेमा छलफल भईरहेको पनि प्रवक्ता शर्माले बताउनुभयो ।
विधानमा पदाधिकारी संख्या बढाउन नहुने अडानमा संस्थापन पक्ष रहेपछि कांग्रेस महासमिति बैठक लम्बिने भएको हो । बैठक हार्दिकपूर्वक चलिरहेको र त्यसले पार्टीलाई नवीन उर्जा प्रदान गर्ने प्रवक्ता शर्माको दाबी छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।