इंग्लिस प्रिमियर लिगमा उल्भ्सलाई हराउँदै चेल्सी चौथो स्थानमा उक्...
माघ ८, २०८१ मंगलबार
काठमाडौं – परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र अमेरिकी विदेशमन्त्री माइकल रिचार्ड पोम्पियोबीच मंगलबार भेटवार्ता भएको छ ।
भेटका अवसरमा सात दशक लामो नेपाल–अमेरिका सम्बन्धलाई अझ सुदृढ बनाउँदै नयाँ उचाइमा पुर्याउने छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भेटका अवसरमा नेपालको सहश्राब्दी विकास लक्ष्य तथा इन्डो प्यासिफिक क्षेत्रको विकास र समृद्धिका लागि नेपालले खेलेको भूमिकाबारे पनि छलफल भएको अमेरिकी विदेश मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै उल्लेख गरेको छ । साथै दुई विदेशमन्त्रीबीचको भेटमा उत्तर कोरियाका बारेमा पनि छलफल भएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।
१७ वर्षपछि भएको नेपालको उच्चस्तरीय नेतृत्वको औपचारिक अमेरिका भ्रमणलाई अमेरिकी विदेश मन्त्रालयले ‘ऐतिहासिक भेटवार्ता’ भएको उल्लेख गरेको छ ।
भेटमा नेपालका तर्फबाट अमेरिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्की, परराष्ट्र सचिव शंकरदास बैरागी, अर्थ मन्त्रालयका सह–सचिव श्रीकृष्ण नेपाल तथा परराष्ट्र मन्त्रालयका सह–सचिव महादेव पन्थ पनि सहभागी हुनुहुन्थ्यो ।
भेटमा अमेरिकी टोलीमा नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीलगायतका उच्च अधिकारीहरुको उपस्थिति थियो ।
अमेरिकी विदेश मन्त्रालयकाे विज्ञप्ति
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।