इंग्लिस प्रिमियर लिगमा उल्भ्सलाई हराउँदै चेल्सी चौथो स्थानमा उक्...
माघ ८, २०८१ मंगलबार
काठमाडौं – आन्दोलनरत आदिवासी जनजाति समुदायले सांस्कृतिक चाडपर्वको बिदा कटौती गर्ने निर्णय फिर्ता गर्न सरकारलाई दबाब दिँदै राजधानीमा प्रर्दशन गरेका छन् ।
नेपाल आदिवासी जनजाति महासंघको नेतृत्वमा आदिवासी जनजाति समुदायले आफूहरुको सांस्कृतिक पर्वमा दिँदै आएको सार्वजनिक बिदा कायम राख्न माग गर्दे बुधबार राजधानीको माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।
माघे संक्रान्ति अर्थात माघी, ल्होछार/ल्होसार, उद्यौली/उभौली जस्ता प्रमुख चाडर्वमा २०६२/६३ को परिर्वतनपश्चात एक÷एक दिन पाइँदै आएको सार्वजनिक बिदालाई सरकारले खारेज गरेपछि आदिवासी जनजाति समुदायले त्यसको विरोध गर्दे आएका छन् । सांस्कृतिक पर्वहरुमा दिइँदै आएको सार्वजनिक बिदा कटौती गरेपछि त्यसको विरोधमा प्रर्दशन गर्नु परेको रेशम गुरुङले जानकारी दिनुभयो ।
आदिवासी जनजातिहरुले सबै समुदायको सम्मान गर्न पनि सरकारले सांस्कृतिक चाडपर्वहरुमा सार्वजनिक बिदा दिनैपर्ने तर्क गर्दै आन्दोलन जारी राखेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।