कांग्रेस महासमिति बैठक पार्टी प्यालेसबाट केन्द्रीय कार्यालयमा सर्‍याे

 पुष ४, २०७५ बुधबार १९:४७:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपाली कांग्रेसको महासमिति बैठक लम्बिदै गएको छ । मंगलबार नै सकिने पूर्व निर्धारित कार्यसूची रहेको भए पनि बैठकमा संशोधित विधानको मस्यौदा पेस हुन नसक्दा बैठक लम्बिँदै गएको छ । 

बुधबार पेस हुने भनिएको विधानको मस्यौदा पनि शीर्ष नेताहरुबीच सहमति नजुट्दा पेस हुन सकेन ।बैठक अझै २ दिन लम्बिने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभयो । 

महासमिति बैठकको स्थान भोलि बिहीबारदेखि भने परिवर्तन हुने भएको छ । महासमिति बैठक अहिले रामशाह पथमा रहेको  एक पार्टी प्यालेसमा चलिरहेको छ । तर बिहीबारबाट भने सानेपामा रहेको पार्टी केन्द्रीय कार्यालयमा नै महासमिति बैठक बस्ने शर्माले जानकारी दिनुभयो । 

पार्टी कार्यालयमा नै खानपिनको व्यवस्थासहित बैठक बस्ने प्रवक्ता शर्माले बताउनुभयो ।
 

अन्तिम अपडेट: माघ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया