इंग्लिस प्रिमियर लिगमा उल्भ्सलाई हराउँदै चेल्सी चौथो स्थानमा उक्...
माघ ८, २०८१ मंगलबार
काठमाडौं – सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले अख्तियारीको दुरुपयोगप्रति सरकारले कुनै सम्झौता नगर्ने प्रतिवद्धता जनाउनुभएको छ ।
सूचना तथा सञ्चार मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका सूचना प्रविधि तथा सञ्चारमन्त्री बास्कोटाले कुनै पनि मन्त्रीले अख्तियारीको दुरुपयोग गरेको प्रमाणित भए सरकारले त्यसमा सम्झौता नगर्ने बताउनुभएको हो ।
सरकारका मन्त्रीहरुले दोहोरो इन्धन सुविधा लिएको समाचार प्रकाशन भएपछि मन्त्री बास्कोटाले दोहोरो सुविधा लिएको र अख्तियारीको दुरुपयोग गरेको प्रमाणित भए कारबाही गरिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘दुरुपयोगप्रति सरकारको सम्झौता हुन सक्दैन । तथ्य, प्रमाण, व्यवहार, कानुनसम्मत ढंगले उठाएको कुरामा कतिपय यस्ता कुराहरु छन्/रहेछन् भने तिनलाई हामी छलफल गरेर तत्काल सम्बोधन गर्छौँ ।’
उहाँले महंगीलगायत सरकारले उपलब्ध गराउने भत्ताको विषयमा पनि सम्बन्धित निकायबाट आधिकारिक जानकारी लिन उहाँले पत्रकारहरुलाई आग्रह गर्नुभयो । उहाँले मन्त्रीहरुले पाउने सुविधाको सम्बन्धमा केही वैकल्पिक व्यवस्था पनि हुन सक्ने भएकाले त्यसलाई त्यसैअनुसार बुझ्न आग्रह गर्नुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको २४ सदस्यीय मन्त्रीमण्डलमा अर्थमन्त्री युवराज खतिवडा बाहेक २३ मन्त्रीले इन्धनमा दोहोरो सुविधा लिएको , स्वकीय सचिवलाई गैरकानुनी रुपमा गाडी र इन्धन उपलब्ध गराइएको समाचार प्रकाशन भएपछि दोहोरो सुविधा लिएर मन्त्रीहरुले राज्यको ढुकुटी रित्याउने काम गरेको भन्दै चौतर्फी आलोचना भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।