इंग्लिस प्रिमियर लिगमा उल्भ्सलाई हराउँदै चेल्सी चौथो स्थानमा उक्...
माघ ८, २०८१ मंगलबार
काठमाडौं – खानेपानी मन्त्री बीना मगरले मेलम्ची खानेपानी आयोजनाको ठेक्का लिएको कम्पनी सीएमसीले काम छोडेर भागे पनि बाँकी काम सरकार आफैले गर्न सक्ने बताउनुभएको छ ।
प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा बिहीबार खानेपानी मन्त्री मगरले सीएमसीको ठेकेदार काम छाडेर भागे पनि नेपाल सरकारलाई घाटा नलाग्ने दावी गर्नुभएको हो ।
निर्माण सम्पन्न नगरेको अवस्थामा निर्माण कम्पनीविरुद्ध सिंगापुरको उच्च अदालतमा लड्न सक्ने अधिकार सरकारसँग सुरक्षित रहेको पनि उहाँले उल्लेख गर्नुभयो । सरकारले भुक्तानी दिने सम्बन्धमा भने निर्माण सम्पन्न तथा रोकिएको काम सुरु गर्ने सम्बन्धमा केही शर्त राखेको उहाँले उल्लेख गर्नुभयो । ठेकेदार कम्पनीले १ अर्ब ६५ करोडको दावी गरे पनि सरकारले अब ३४ करोड मात्रै भुक्तानी गर्न बाँकी रहेको भन्दै काम छोडेर भागे पनि नेपाललाई घाटा नपर्ने उहाँले दावी गर्नुभयो ।
मन्त्री मगरले आयोजनाको बाँकी कामहरु ठेकेदार कम्पनी स्वयमले नभई सहयोगी कम्पनीमार्फत भइरहेको र ती कम्पनी सरकारसंगको सिधा सम्पर्कमा रहेकाले बाँकी काम तीनै सहयोगी कम्पनी मार्फत गर्न सकिने दावी पनि गर्नुभयो ।
काठमाडौंवासीले मेलम्चीको पानी पर्खिरहेका बेला निर्माणको ठेक्का लिएको कम्पनी नै काम छोडेर भागेको खबर आएपछि समितिले त्यसबारे चासो राख्दै सम्बन्धित मन्त्रीलाई छलफलमा बोलाएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।