इंग्लिस प्रिमियर लिगमा उल्भ्सलाई हराउँदै चेल्सी चौथो स्थानमा उक्...
माघ ८, २०८१ मंगलबार
काठमाडाैं - नेपाली काँग्रेसको विधान मस्यौदामा शुक्रबार सहमति जुटेको छ ।
शुक्रबार बिहान पार्टीका शीर्ष नेताहरुबीच सह-महामन्त्रीको संख्या ७ जनासहित पदाधिकारी संख्या १३ जना पुर्याउने विषयमा सहमति जुटेपछि विधान मस्यौदामा देखिएको विवाद अन्त्य भएको हो । त्यस सहमतिलाई केन्द्रिय कार्य समितिको शुक्रबार अपरान्ह बस्ने बैठकले अनुमोदन गरेपछि शनिबार महासमिति बैठकमा पेश हुने पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।
शीर्ष नेताहरुबीच सभापति तथा कोषाध्यक्ष १-१, उपाध्यक्ष २, महामन्त्री २ र सह-महामन्त्री समावेशीसहित ७ जना पुर्याउने सहमति जुटेको हो ।
नेताहरुबीच विधान मस्यौदामा सहमति नजुटेकै कारण काँग्रेस महासमिति बैठक लम्बिएको थियो । पार्टी केन्द्रिय कार्यालय सानेपामा अहिले पनि महासमितिका सदस्यहरुले पार्टीको राजनीतिक, सांगठनिक तथा आर्थिक प्रतिवेदनमाथि छलफल गरिरहेका छन् ।
शनिबारकाे बैठकमा भने विधान प्रतिवेदन पेश हुनेछ । पार्टीका महामन्त्री पूर्णबहादुर खड्काले सो प्रतिवेदन पेश गर्नुहुने र यसअघि प्रस्तुत भएका अन्य ४ वटा प्रतिवेदनहरु पनि सँगै पारित हुने काँग्रेसले जनाएको छ । महासमिति बैठकबाट काँग्रेसले नयाँ उर्जा प्राप्त गर्ने पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माको दावी छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।