इंग्लिस प्रिमियर लिगमा उल्भ्सलाई हराउँदै चेल्सी चौथो स्थानमा उक्...
माघ ८, २०८१ मंगलबार
काठमाडौं – अर्थमन्त्री डाक्टर युवराज खतिवडाले इजाजतबिना नै भुक्तानीसम्बन्धी कारोबार गर्नेमाथि कडा कारबाही गर्ने चेतावनी दिनु भएको छ ।
अर्थमन्त्री खतिवडाले अनलाइन सेवाबाट भुक्तानी गर्न नेपाल राष्ट्र बैंकको नियमनकारी निकायमा आवद्ध हुन पनि व्यवसायीहरुलाई सचेत गराउनुभयो । शुक्रबार संघीय संसद प्रतिनिधिसभा अन्तरगतको अर्थ समितिको बैठकमा ‘भुक्तानी तथा फस्र्यौट सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०७५’ माथिको छलफलमा भाग लिँदै उहाँले विदेशी मुद्रालाई अपचलन नहुन नदिन पनि सरकारले सो विधेयक ल्याउनु परेको स्पष्ट पार्नुभयो ।
अर्थमन्त्री खतिवडाले भुक्तानीमा जालसाँची हुन नदिन सरकारले नेपाल राष्ट्र बैंकका गभर्नरको अध्यक्षतामा समिति नै गठन गरेको पनि स्मरण गराउनुभयो । उहाँले विद्युतीय भुक्तानी प्रणालीलाई व्यवस्थित बनाउन पनि सरकारले त्यस सम्बन्धी बैकिङ प्रणालीको विकास गर्न लागिरहेको जानकारी दिनुभयो ।
अर्थमन्त्री खतिवडाले अनलाइन भुक्तानी प्रणालीलाई व्यवस्थित बनाउन पनि सरकारले सोसम्बन्धी कानुन निर्माणको कामलाई अघि बढाएको पनि स्पष्ट पार्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।