इंग्लिस प्रिमियर लिगमा उल्भ्सलाई हराउँदै चेल्सी चौथो स्थानमा उक्...
माघ ८, २०८१ मंगलबार
कास्की – पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले सातौ नेपाल साहित्य महोत्सवको उद्घाटनमा विद्वत प्रवचन दिँदै वकालत सुरु गर्नुभन्दा पूर्व आफू साहित्यकार नै भएको बताउनुभयो ।
नेपाली समाज लैङ्गिक विभेदले ग्रस्त भएको भन्दै पूर्व प्रधानन्यायाधीश कार्कीले अहिले पनि महिला भएकै कारण नेपाली महिलालाई होच्याउने काम भैरहेकोमा दु:ख व्यक्त गर्नुभयाे । उहाँले महिलाहरु अझैपनि महिलाहरु अन्यायमै परेकाे बताउनुभयाे । उहाँले भन्नुभयाे 'विसङगतिपूर्ण जीवनलाई सङगतिमा लैजानु नै साहित्यको प्रमुख उद्देश्य हाे ।'
अहिले पनि महिला हिंसाका मुद्दाहरु बढीरहेकाे, महिला हिंसाका घटनाहरु अनुसन्धानका क्रममा नै गल्ती हुने गरेको पनि बताउनुभयाे । उहाँले कतिपय महिला हिंसाका घटना प्रहरीमै नपुगी आपसी मिलापत्रमा मिलाउन खोजिने, अदालतमै मुद्दा नपुग्ने, प्रहरी प्रशासनमा अनावश्यक राजनीतिक हस्तक्षेप हुनेजस्ता क्रियाकलापले प्रभाव पार्ने बताउनुभयाे ।
निर्मला पन्तको बलात्कारपछि भएको हत्याको अनुसन्धानको प्रसङ्गमा कार्कीले भन्नुभयाे 'महिला हिंसाका मुद्दामा अनुसन्धानमै कमजोरी छ भने अदालतले पुनः अनुसन्धान गर्न आदेश दिन सक्नुपर्छ ।'
सबैले महिलालाई आर्थिक रूपमा सबल बनाउने हो भने महिला हिंसामा कमी हुने उहाँले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।