अर्थमन्त्रीका कारण सरकारप्रति नकारात्मकता बढ्यो : हृदेश त्रिपाठी

 पुष ७, २०७५ शनिबार १६:३१:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – स्वतन्त्र राजनीतिक समूहका नेता एवम् सांसद हृदेश त्रिपाठीले अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट प्रस्तुत गरेसँगै सरकारप्रति नकारात्मकता बढ्न थालेको टिप्पणी गर्नुभएको छ ।

शनिबार एक कार्यक्रममा बोल्दै सांसद त्रिपाठीले अर्थमन्त्रीको गतिविधिले वर्तमान सरकारले सोचेअनुरुप काम गर्न नसकेको टिप्पणी गर्नुभयो । ‘यो सरकारलाई बढी प्रभावित चाहिँ बजेट प्रस्तुतिले पनि गरेको हो’, त्रिपाठीले भन्नुभयो, ‘र अर्थमन्त्रीको गतिविधिले पनि सरकारलाई प्रभावित गरेको छ ।’

अधिकांश सरकारको सफलता र विफलता ५० प्रतिशतभन्दा बढी अर्थमन्त्रालयको गतिविधिमा निर्भर रहने उहाँको भनाई छ । नेपालको अर्थतन्त्रको सबैभन्दा कुरुप कुरा नै विकास खर्च पूरा गर्न नसक्नु रहेको त्रिपाठीले बताउनुभयो । त्रिपाठीले भन्नुभयो, ‘२०३४ सालदेखि अहिलेसम्म हामीले विकास खर्च कहिल्यै पनि पूरा गर्न सकेनौं । जबसम्म विकास खर्च पूरा हुँदैन, तबसम्म आर्थिक रुपमा बजारलाई चलायमान र नागरिकलाई पनि विकासप्रति आकर्षित गर्न सक्दैन् ।’  

संसदमा वर्तमान सरकारको संख्यात्मक उपस्थिति बलियो हुँदा–हुँदै पनि विकास खर्च गर्न नसकेको उहाँले आरोप लगाउनुभयो । ‘सरकारले बरु विकास खर्च गर्न किन सकिएन भनेर समीक्षा गर्नुपर्ने हो, कानुनमा त्रुटि छ भने कानुन संशोधन गर्नुपर्यो । यदि संरचनाको अभाव छ भने पनि संरचना निर्माण गर्नुपर्यो’, त्रिपाठीले भन्नुभयो, ‘तर सरकार त्यतातर्फ गएको देखिँदैन् । अहिलेसम्म विकास खर्च ५/६ प्रतिशतमै अलमलिएर बसेको छ । यदि यही प्रक्रिया कायम रह्यो भने सर्वाधिक कम विकास खर्च हुने आर्थिक वर्ष यही वर्ष सावित हुनेछ ।’

नेता त्रिपाठीले सरकारको गतिविधिबारे स्वयंम सत्तारुढ दल नेकपाका नेताहरु पनि सन्तुष्ट नरहेको स्थायी समितिको बैठकबाट प्रष्ट भैसकेको बताउनुभयो । सरकारसँग समय र संख्याको अनुकुलता रहेकाले आगामी दिनमा आफ्नो प्रस्तुतिलाई सच्याएर सही दिशामा अघि बढ्नेमा आफू विश्वस्त रहेको उहाँको भनाई थियो ।


 

अन्तिम अपडेट: माघ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया