एन्फा महिला लिगमा एपीएफले पुलिसलाई हरायो
माघ ७, २०८१ सोमबार
काठमाडाैं - प्रधानमन्त्री केपी शर्मा ओलीको व्यस्तताले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक ११ गतेसम्मका लागि स्थगित भएको छ ।
मंसिर २९ गतेदेखि जारी स्थायी समिति बैठक आइतबार सकिने बताइएको भए पनि पार्टी अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओली व्यस्त भएपछि बैठक ११ गतेसम्मका लागि स्थगित भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
समितिको बैठक बिहान केही बेर बसेर दिउँसो ४ बजे बस्ने गरी स्थगित भएको थियो । तर प्रधानमन्त्री ओली व्यस्त बन्नु भएकाले आज बैठक बस्न नसकेको र अब ११ गते बैठक बस्ने प्रवक्ता श्रेष्ठले बताउनुभयो ।
अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले बैठकमा राजनीतिक प्रतिवेदनमाथि नेताहरुले उठाएका जिज्ञासाको जवाफ दिने कार्यक्रम थियो ।
प्रवक्ता श्रेष्ठका अनुु्सार अध्यक्षद्वयले जवाफ दिएसँगै प्रतिवेदन पारित गरेर बैठक समापन गर्ने तयारी भए पनि बैठक स्थगित भएपछि अब ११ गते मात्रै अध्यक्षद्वयले सम्बोधन गर्नुहुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।