एन्फा महिला लिगमा एपीएफले पुलिसलाई हरायो
माघ ७, २०८१ सोमबार
काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले जापानलाई नेपालको सबैभन्दा भरपर्दो विकास साझेदार राष्ट्रको रुपमा चित्रण गर्नु भएको छ ।
अध्यक्ष दाहालले जापानले बिनासर्त निश्वार्थ भावले नेपाललाई ठूलो आर्थिक सहायता उपलब्ध गराउँदै आएको पनि स्मरण गराउनुभयो । सोमबार काठमाडौंमा आयोजित ‘नेपाल–जापान मैत्री सम्बन्ध’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले बिना दवाव, सर्तरहित सहायता उपलब्ध गराउने गरेकाले जापानलाई नेपाल राष्ट्र र नेपाली नागरिकले उच्च सम्मानका साथ हेर्ने गरेको पनि स्पष्ट पार्नुभयो ।
अध्यक्ष दाहालले शान्ति स्थापना तथा विपद् व्यवस्थापन जस्ता समस्याबाट जुधेर अघि बढेको जापानबाट नेपालले धेरै सिक्न सक्ने पनि उल्लेख गर्नुभयो । उहाँले गौतम बुद्धको जन्मस्थल नेपाल र बुद्ध धर्मप्रति आस्थावान जापानी नागरिकबीचको सम्बन्ध भावनात्मक रुपले पनि विशिष्ट ढंगको रहेको पनि बताउनुभयो । जापानले नेपालको पूर्वाधार, शिक्षा र स्वास्थ्यको क्षेत्रमा गरेको आर्थिक सहायता अविस्मरणीय रहेको अध्यक्ष दाहालको भनाई छ ।
कार्यक्रममा बोल्दै परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले जापान नेपालको महत्वपूर्ण विकास साझेदार राष्ट्र रहेको उल्लेख गर्दै नेपालको विकासमा जापान सरकारले गरेको सर्तरहित सहयोगको खुलेर प्रशंशा गर्नु भयो । उहाँले भूकम्पलगायतका विपद्का बेला जापानले गरेको सहयोगको पनि स्मरण गराउनुभयो ।
परराष्ट्रमन्त्री ज्ञवालीले द्धिपक्षीय र बुहपक्षीय ढंगले जापानले नेपालको आर्थिक विकासमा पु¥याउँदै आएको सहयोगले निरन्तरता पाइरहने विश्वास पनि व्यक्त गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।