बैंकिङ सिस्टम ह्याक गरी ९० लाख रुपैयाँ ठग्ने पक्राउ

 पुष ९, २०७५ सोमबार १६:३२:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – राष्ट्रिय वाणिज्य बैंकको मुख्य कार्यालय विशालबजार काठमाडौंमा यू एस डी खाता खोलेर इ–बैंकिङ, इ–वालेट जस्ता विद्युतीय माध्यममार्फत अरुको पैसा आफ्नो खातामा राख्ने एकजना पक्राउ परेका छन् ।

बैंकको सिस्टम दुरुपयोग गरी ७८ हजार ३ सय ८९ यूएस डलर अर्थात झण्डै ९० लाख रुपैयाँ ठगी गर्ने काठमाडौं बालाजुका सञ्जयकुमार श्रेष्ठलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीले पक्राउ गरेको हो ।

उनले जापान आउ–जाउ गरेको भिसा देखाएर यूएस डी खाता खोलेको र भिसा कार्ड प्रयोग गरेर इ–बैंकिङ, इ–वालेट जस्ता विद्युतीय भुक्तानीमाफर्त आफ्नो खातामा पैसा सार्ने गरेको प्रहरीको दाबी छ । उनलाई पुनरावेदन अदालत पाटनबाट ७ दिनको म्याद लिएर थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: माघ १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया