फागुन २० गतेसम्म संविधानसँग बाझिएका सबै ऐन आउँछ : सभामुख महरा

 पुष १०, २०७५ मंगलबार १७:५:३० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाडौं – प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले फागुन २० गतेसम्ममा संविधानसँग बाझिएका सबै ऐन संसोधन विधेयक पास भइसक्ने विश्वास व्यक्त गर्नुभएको छ ।

संसदीय मामिला पत्रकार समूहका नवनिर्वाचित पदाधिकारीलाई मंगलबार सिंहदरबारमा रहेको आफ्नै कार्यकक्षमा बधाई तथा शुभकामना दिँदै सभामुख महराले संवैधानिक व्यवस्था अनुसार केही नेपाल ऐनलाई संसोधन गर्न बनेका सबै विधेयकलाई सरकारले हिउँदे अधिवेसनमा पेस गर्ने विश्वास आफूले लिएको बताउनुभएको हो ।

केही नेपाल ऐनलाई संशोधन गर्न बनेका ५५ विधेयक र १ खारेज गरी ५६ वटा विधेयक सचिवालयमा दर्ता भइसकेको उल्लेख गर्दै उहाँले  संघीय संसदको यो अधिवेशन एजेण्डाविहीन नहुने दाबी गर्नुभयो । आफूले आवश्यक विधेयक समयमै ल्याउन प्रधानमन्त्री र कानुनमन्त्रीको ध्यानाकर्षण गराइसकको भन्दै उहाँले सरकारले पर्याप्त छलफल गर्ने गरी समयमै विधेयक संसदमा पेश गर्नेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

बुधबारदेखि सुरु हुने संघीय संसदको हिउँदे अधिवेशनको पहिलो दिन दलका नेताहरुले बोल्ने, राष्ट्रियसभाबाट प्राप्त विधेयक टेबुल हुने र कर्मचारी समायोजन अध्यादेश पेश हुने कार्यतालिका रहेको भन्दै उहाँले त्यसपछिका बैठकमा सचिवालयमा दर्ता भएका विधेयकमाथिको छलफल प्रक्रिया अघि बढाइने जानकारी दिनुभयो ।

बुधबार नै बस्ने दोश्रो बैठकमा पूर्व सांसदहरु पद्मरत्न तुलाधर, चक्र बास्तोला, मोतीदेवी चौधरीको शोक प्रस्ताव पेश गरिने छ । सभामुख महराले यस अधिवेशनमा सांसदका आफ्नै प्रस्तावहरु मन्त्रीहरुसँगको प्रश्नोत्तर लगायत संसदलाई जीवन्त बनाउने कार्यक्रमलाई प्राथमिकता दिइने बताउनुभयो ।

हिउँदे अधिवेशन प्रारम्भको पहिलो बैठक भएकाले बुधबारको बैठकको सुरुमा सभामुख महराले राष्ट्रपतिबाट अधिवेशन आव्हान सम्बन्धी प्राप्त पत्र पढेर सुनाउनुहुनेछ । सरकारको सिफारिसमा राष्ट्रपतिबाट संघीय संसदको अधिवेश आब्हान गर्ने संवैधानिक व्यवस्था छ ।  

अन्तिम अपडेट: पुस २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया