एन्फा महिला लिगमा एपीएफले पुलिसलाई हरायो
माघ ७, २०८१ सोमबार
काठमाडौं – सरकारले बंगलादेश, दक्षिण कोरिया र स्पेनका लागि नेपाली राजदूतलाई फिर्ता बोलाएको छ ।
तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले नियुक्त गरेको बंगलादेशका लागि राजदूत रहेका डा. चोपलाल भुसाल, स्पेनका लागि नेपाली राजदूत भरतबहादुर रायमाझी र दक्षिण कोरियाका लागि नेपाली राजदूत अर्जुन जंगबहादुर सिंहलाई फिर्ता बोलाएको हो ।
साथै सरकारले थप ५ देशका लागि राजदूतहरुको नियुक्ति सिफारिस पनि गरेको छ । गएको पुस ६ गते र ९ गते बसेको मन्त्रिपरिषद बैठकले परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल दीपक अधिकारीलाई फ्रान्स, सहसचिवहरु दुर्गाप्रसाद भण्डारीलाई कुवेत, भृगु ढुंगानालाई क्यानडा, सहसचिव मणिप्रसाद भट्टराईलाई संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधि र गणेशप्रसाद ढकाललाई थाइल्याण्डका लागि राजदूत नियुक्तिको सिफारिस गरेको छ ।
यस्तै सरकारले आफ्नै लगानीमा ३ सय विद्युतीय बस खरिद गर्ने निर्णय पनि गरेको छ । मन्त्रिपरिषदको बैठकले अमेरिकासँग पर्यटकीय भिसा पारस्परिक गर्ने प्रस्ताव मन्त्रिपरिषद बैठकले अनुमोदन गरेको छ । सूचना,प्रविधि तथा सञ्चारमन्त्री गोकुल बाँसकोटाले बैठकका निर्णय सार्वजनिक गर्दै नयाँ व्यवस्थाअनुसार पर्यटक भिसामा नेपाल आउनेहरुलाई ५ वर्षे बहुप्रवेशी भिसा प्रदान गरिने जानकारी दिनुभयो ।
नयाँ व्यवस्था अनुसार पाँच वर्षे भिसाले १८० दिनसम्म नेपालमा बस्न पाइनेछ भने बहुप्रवेशी भिसा लिँदा अमेरिकी र नेपाली पर्यटक दुवैले १६० अमेरिकी डलर बुझाउनु पर्नेछ । यो निर्णयअनुसार अब दुई देशबीच भिसा शुल्क बराबरी भएको छ । नयाँ व्यवस्था सन् २०१९ जनवरी १ देखि लागू हुने सञ्चार मन्त्री बास्कोटाले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।