एन्फा महिला लिगमा एपीएफले पुलिसलाई हरायो
माघ ७, २०८१ सोमबार
काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारकै कारण मेलम्ची खानेपानी आयोजनाको ठेक्का लिएको कम्पनी काम छोडेर भागेको आरोप लगाएको छ ।
राष्ट्रियसभाको शुक्रबारको बैठकको विशेष समयमा बोल्दै प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले सरकारले कम्पनी सञ्चालन गर्न आएका प्रति गैरकानुनी ढंगले धरपकड गरेकाले उनीहरु काम छोडेर भागेको आरोप लगाएका हुन् । नेपाली कांग्रेसका बद्रीप्रसाद पाण्डेले सरोकारवाला मन्त्रालयका अधिकारीबाट कमिसनको खेल सुरु भएका कारण ठेकेदार कम्पनी काम छोडेर भागेको दावी गर्नुभयो । विकास र सम्वृद्धिको नारा लगाएको सरकारका अधिकारीबाट नै ठूलो कमिसनको खेलमा लागेको भन्दै उहाँले सरकारलाई इमान्दारिता र पारदर्शिता देखाउन चुनौती दिनुभयो ।
मेलम्ची आयोजना निर्माणको ठेक्का लिएको कम्पनी भाग्नु र नयाँ कम्पनी खडा गरी तत्काल निर्माणको जिम्मा लगाउने तयारी पनि भैरहेको भन्दै उहाँले त्यस बारेको यथार्थ जानकारी सदनलाई गराउन माग गर्नुभयो । उहाँले कालो सूचीमा परेको कम्पनीलाई बुढीगण्डकी जलविद्युत आयोजनाको निर्माणको जिम्मा दिने काम भएको भन्दै बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको ठेक्का सम्झौता रद्द गरी स्वदेशी लगानीमा निर्माण गर्ने गरी काम अघि बढाउन माग गर्नुभयो ।
सत्तारुढ दलकै सांसदले पनि मेलम्ची खानेपानी आयोजना निर्माणको ठेक्का लिएको कम्पनीले काम छोडेर भागेको बारे सदनलाई यथार्थ जानकारी गराउन सरकारसँग माग गरेका छन् ।
त्यस्तै दिलकुमारी रावलले मेलम्ची खानेपानी आयोजनाको निर्माणको जिम्मा लिएको इटालियन कम्पनी सिएमसीले एकातर्फी काम छोडेर हिँडेको भन्नेबारे सदनलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो । आयोजना निर्माणको समय लम्बिदै गइरहेका बेला एकाएक निर्माण कम्पनीले काम छोडेको खबरले सबैलाई दुखी र निरास बनाएको भन्दै उहाँले मेलम्ची खानेपानी आयोजनाको ठेक्का प्रकरण तोडिएको र पुनः कायम गर्नेबारे सञ्चार माध्यममा आएको खबरमाथिको सत्यतथ्य सदनलाई जानकारी गराउनसम्बन्धी मन्त्रीको गम्भीर ध्यानाकर्षण गराउनुभयो । उहाँले चितवन राष्ट्रिय निकुञ्जमा जंगली हात्तीको आक्रमणमा परि साउन यता ५ जनाको मृत्यु भइसकको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो । उहाँले क्षतिपूर्तिको कानुन व्यवस्था अव्यवहारिक भएकाले त्यसलाई सहज बनाउन माग गर्नुभयो ।
विशेष समयमा बोल्दै राष्ट्रिय सभा सदस्य राधेश्याम अधिकारीले राष्ट्रिय शिक्षा आयोगले प्रारम्भिक प्रतिवेदन सरकारलाई बुझाएको भन्ने बारेमा शिक्षा मन्त्रीले सदनमा उपस्थित भएर सत्य तथ्य जानकारी गराउन माग गर्नुभयो । उहाँले प्रारम्भिक दस्तावेज आफूहरुले पनि हेर्न पाउनुपर्ने र संसदमा छलफलको विषय बनाइनुपर्ने माग गर्नुभयो ।
शिक्षकहरुको नियुक्ति, पाठ्क्रम, प्रविधि, शिक्षकको तलब सुविधमा के कस्तो व्यवस्था सुझाइएको छ भन्ने विषय सार्वजनिक सरोकारको विषय भएकाले सदनमा त्यसबारे तत्काल जानकारी गराउनुपर्नेमा उहाँले जोड दिनुभयो । सरकारले निजी विद्यालय सञ्चालनमा रोक लगाउन खोजेको भन्दै उहाँले त्यसो गरियो भने सबैभन्दा ठूलो हानी हुने भन्दै उहाँले शिक्षामा राज्यको दृष्टिकोण स्पष्ट ढंगले आउनुपर्ने बताउनुभयो । उहाँले प्रश्न गर्नुभयो, ‘निजी विद्यालय सञ्चालन गर्न नदिने गरी आयोगले प्रतिवेदन तयार पारेको भन्दै उहाँले संविधानको प्रतिकुल प्रभाव पर्ने गरी निर्णय गर्न मिल्छ कि मिल्दैन ?’ उहाँले निजी, सार्वजनिक र सहकारीको सहयात्राको व्यवस्था संविधानमा नै गरिएको भन्दै त्यसको मर्म विपरीत आयोगले प्रतिवेदन तयार पार्न नसक्ने दावी गर्नुभयो ।
त्यसैगरी नेपाली कांग्रेसका जीवन बुढाले कालिकोटको पलातामा भएको आगलागीको घटनाप्रति गम्भीरता देखाएर पुनर्निर्माणको घोषणा गर्न सरकारसँग माग गर्नुभयो ।
नेकपाका बलरामप्रसाद बास्कोटाले प्रतिपक्षी दल झस्कने अवस्था नरहेको भन्दै हल्लाको भरमा नहिँड्न आग्रह गर्नुभयो । उहाँले संसदीय सत्तापक्ष एक्लै र प्रतिपक्षी अर्को भन्ने नभएको भन्दै समाजवाद उन्मुख बाटोमा प्रणका साथ अघि बढ्न आग्रह गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।