यो सरकार कठैबरा भन्ने अवस्थामा छैन : प्रधामन्त्री ओली

 पुष १३, २०७५ शुक्रबार १४:५१:१० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्ध बनाउन सरकारले स्पष्ट नीति, योजना र कार्यक्रमका साथ काम गरिरहेको दावी गर्नु भएको छ । 

प्रधानमन्त्री ओलीले सरकार देशलाई अघि बढाउन लागि परेको उल्लेख गर्दै निराश नहुन पनि सबैलाई आह्वान गर्नु भयो । उहाँले चालू आर्थिक वर्षभित्र देशमा असाधारण आर्थिक वृद्धि गर्ने घोषणा पनि गर्नु भयो । कृषिमा नौ प्रतिशत आर्थिक वृद्धिदर चालू आर्थिक वर्षभित्र गर्ने प्रधानमन्त्री ओलीको महत्वकांक्षी योजना छ ।

शुक्रबार काठमाडौंमा आयोजित संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको तेस्रो श्रम संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भन्सार नाकाहरुबाट आयात घट्न सुरु गरेको र राजस्व तीन गुणाले वृद्धि भएको उल्लेख गर्दै यसले असाधारण आर्थिक वृद्धिदरको संकेत दिएको पनि स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री ओलीले नौ महिनाको अवधिमा कानुन निर्माण र संस्थागत संरचना निर्माणमा ध्यान दिनु परेकाले विकास, निर्माणको कामले गति लिन नसकेको उल्लेख गर्दै अब रफ्तारका साथ अघि बढाउने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । उहाँले सरकार ‘कठैबरा’ भन्ने अवस्थामा नरहेको उल्लेख गर्दैै दुनिँयाले सोचेभन्दा तीव्र गतिका साथ आर्थिक वृद्धि गर्ने दावी पनि गर्नुभयो ।

प्रधानमन्त्री ओलीले सरकारले भ्रष्टाचार नियन्त्रणमा उल्लेख प्रगति गरेको दावी पनि गर्नुभयो । 
 

अन्तिम अपडेट: पुस २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया