एन्फा महिला लिगमा एपीएफले पुलिसलाई हरायो
माघ ७, २०८१ सोमबार
काठमाडौं – सांसदहरुले समसामायिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकको विशेष समयमा बोल्दै सांसदहरुले कर्मचारी समायोजन अध्यादेश फिर्ता गरी प्रदेश र स्थानीय तहको कानुन निर्माण गर्न, निर्मला पन्तको हत्यारालाई सार्वजनिक गर्न तथा उखुको मूल्य निर्धारण गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।
सांसद पुष्पा भुसाल गौतमले निर्मला पन्तको बलात्कारपछि हत्याका दोषीलाई सार्वजनिक गर्न माग गर्नुभयो । ‘सरकारका मन्त्रीले दोषी पत्ता लगाइसकेका छौ, छिटै सार्वजनिक गर्छौ’ भनेको निकै समय भएको भन्दै उहाँले दोषी सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
दोषी सार्वजनिक गर्दा प्रतिपक्षले राजनीतिक छाता ओढाउन नआउनु भनिएको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘हामी निर्मला पन्तको परिवार र प्रदीप रावल र विशाल चौधरीलाई न्यायको छाता ओढाउन चाहन्छौ ।’
राष्ट्रिय मानवअधिकार आयोगले गरेको कार्यक्रममा रक्षामन्त्री इश्वर पोखरेलले दोषी पत्ता लागिसकेको भन्दै विधि र प्रक्रिया पूरा गरी सार्वजनिक गरिने उल्लेख गर्दै दोषीलाई बचाउन कोही पनि राजनीतिक छाता ओढाउन नआउन आग्रह गर्नुभएको थियो ।
निर्मला पन्तको बलात्कार पछिको हत्यारालाई नियन्त्रणमा लिने विषयमा सरकार बेखबर भएर बसिरहेको आरोप पनि उहाँले लगाउनुभयो । निर्मला पन्तको प्रमाण नष्ट गरेका सुरक्षा अधिकारीलाई अनुसन्धानको दायरामा ल्याई ‘कसको आदेशबाट ती प्रमाण नष्ट गरियो’ भन्ने कुरा बाहिर आउनुपर्ने माग गर्नुभयो ।
राज्यले निर्दोषलाई नियन्त्रणमा लिँदै अपराध स्वीकार गर्न दवाव दिँदै आएको दाबी पनि गर्नुभयो । प्रदीप रावल र विशाल चौधरीलाई चरम यातना दिएर अपराध स्वीकार गर्न दवाव दिने काम भएको भन्दै उहाँले न्यूनतम मानवअधिकारको प्रत्याभूतिमा गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
उहाँले महिला विरुद्धको हत्या, हिंसा, आतंकका घटना दिनहुँ बढ्दै जाँदा पनि सरकार गम्भीर नबन्दा अपराधीहरु काुनन र राज्यसरकार दुवैसँग डराउन छाडेको टिप्पणी गर्नुभयो । सांसद गगनकुमार थापाले सरकारले लोकतान्त्रिक पद्धतिको गलत व्याख्या गर्ने काम गरेको आरोप लगाउनुभयो । संघीय संसदको हिउँदे अधिवेशन सुरु भएकै दिन नेकपाका अध्यक्षले पुष्पकमल दाहालले ‘लोकतान्त्रिक प्रणाली छिटो छिटोे विकास हुने प्रणाली होइन’ भनि दिएको अभिव्यक्तिलाई उहाँले, ‘नाच्न नजान्ने आँगन डेढो’ को संज्ञा दिनुभयो ।
उहाँले सरकारलाइ आफ्नो अनुहार ऐनामा हेर्न पनि आग्रह गर्नुभयो । उहाँले ‘कि बोल कि पोल’ भन्ने दुई शैलीमा प्रधानमन्त्री देखिएको टिप्पणी गर्नुभयो । संसद छलेर कर्मचारी समायोजन अध्यादेश ल्याइएको तथा लोकसेवाको परामर्शलाई पनि लत्याउने काम भएको भन्दै उहाँले तत्काल कर्मचारी समायोजन अध्यादेश फिर्ता लिन सरकारलाई चेतावनी दिनुभयो ।
सांसद तेजुलाल चौधरीले संविधानबाट निर्वाचित व्यक्ति रेशम चौधरीलाई संसदमा उपस्थिति नगराई झुटा मुद्धा लगाएर जेलमा थुनिएको भन्दै सबैलाई समान व्यवहार गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो, ‘नेपाल कतिवटा छ संविधान ?, कतिवटा छ ? म सरकारलाई प्रश्न गर्न चाहन्छु ।’ उहाँले संविधान संसोधन प्रक्रिया अघि बढाउन पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद महिन्द्रराय यादवले विगतमा मधेस आन्दोलनका क्रममा भएको सहमति सम्झौता पालना गरी त्यसक्रममा भएका अध्ययन प्रतिवेदन सार्वजनिक गर्न माग गर्नुभयो । उहाँले अबिलम्ब संविधान संसोधन प्रस्ताव संसदमा दर्ता गराउन पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।
उहाँले उखुको मिल सञ्चालन गर्दै मूल्य तोक्ने काम तत्काल गर्न माग गर्नुभयो । उहाँले कर्मचारी समायोजन अध्यादेश फिर्ता गर्न पनि माग गर्नुभयो । सांसद ह्दयेश त्रिपाठीले उखुको समर्थन मूल्य तोक्न र चिनी मिल सञ्चालन गर्ने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउँदै सो विषयमा सरकारलाई रुलिङ गर्न सभामुखसँग माग गर्नुभयो ।
सांसद प्रेम सुवालले अजय सुमार्गी भन्ने व्यक्तिको कम्पनीबाट स्रोत नखुलेको ९० करोड रुपैयाँ जम्मा भएको भन्ने सम्बन्धमा सदनलाई सत्य तथ्य जानकारी गराउन माग गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।