हिउँदे अधिवेशनमै संविधान संशोधन हुन्छ : उपप्रधानमन्त्री यादव

 पुष १३, २०७५ शुक्रबार १६:५४:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाडौं – संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवम् उपप्रधानमन्त्री उपेन्द्र यादवले वर्तमान संविधानले देश नचल्ने बताउँदै तत्काल संविधान संशोधन गर्नुपर्ने बताउनुभयो ।

‘यो संविधानले देश चल्दैन् । जति चाँडो संविधान संशोधन गर्यो त्यति चाँडो देशले बाटो पाउँछ’, उपप्रधानमन्त्री यादवले बताउनुभयो । शुक्रबार काठमाडौंको एक कार्यक्रममा यादवले संविधान संशोधन गराउने समझदारीका आधारमा नै आफूहरु सरकारमा सहभागी भएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘संविधान संशोधन गराउन र देशमा भएका सबैखाले विकृति तथा विसंगतीहरुको अन्त्य गर्ने समझदारीका आधारमा हामी सरकारमा सहभागी भएका हौं ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रीसमेत रहेका अध्यक्ष यादवले संविधान संशोधन नगरेसम्म देशले बाटो नपाउने ठोकुवा गर्नुभयो । उहाँले भन्नुभयो, ‘संविधान संशोधन गराउनको लागि हाम्रो प्रयत्न भैरहेको छ । संविधान संशोधन नभएसम्म देशले स्थिरता पनि पाउँदैन् । अहिले देश अलमलिएको छ । देशलाई यो अलमलपनाबाट बाहिर निकालेर अब अगाडि बढाउनुपर्छ । यसको लागि चाँडोभन्दा चाँडो संशोधन संशोधनको विद्येयक अगाडि बढाउनुपर्छ ।’

मन्त्री यादवले संसदको यही चालू हिउँदे अधिवेशनमै संविधान संशोधनको विद्येयक दर्ता हुने र पारित हुने पनि विश्वास दिलाउनुभयो । उहाँले भन्नुभयो, ‘यदि संशोधन प्रस्ताव दर्ता भएन भने नागरिकमा सरकारप्रति अविश्वास हुन्छ । नागरिकको विश्वास गुमेपछि राजनीति काम लाग्दैन् ।’

मन्त्री यादवले सरकारले यो दश महिनाको अवधिमा मौलिक हकसम्बन्धी कानुन निर्माण गरेको, जंगबहादुर राणाले बनाएको १८५४ को मुलुकी ऐन प्रतिस्थापन गरेको, केही समयलाई भएपनि राजनीतिक स्थिरता भएको र प्रयास गर्दा अब विकासको लागि आधार तयार भएकोलगायत सरकारले गरेका राम्रा कामको फेहरिस्त सुनाउनुभयो । 

अन्तिम अपडेट: माघ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया