सरकारको अर्थनीति आकर्षक छ तर यसले देश समृद्ध हुँदैन : कमल थापा

 पुष १३, २०७५ शुक्रबार १७:०:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री कमल थापाले सरकारले लिएको अर्थ नीतिबाट देशलाई समृद्ध बनाउन नसकिने दावी गर्नु भएको छ । 

अध्यक्ष थापाले देशको समृद्धिको मुख्य आधारको रुपमा रहेको रेमिट्यान्सको सदुपयोग गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।

शुक्रबार काठमाडौंमा आयोजित ‘मुलुकको आर्थिक समृद्धिमा प्रवासी नेपालीहरुको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले सरकारले लिएको समाजवादउन्मुख अर्थनीतिको नारा आकर्षक भए पनि त्यसले देशलाई समृद्ध बनाउन नसक्ने दावी गर्नुभयो ।

अध्यक्ष थापाले देशलाई समृद्ध बनाउन प्रवासी नेपालीहरुको महत्वपूर्ण योगदान रहने विश्वास पनि व्यक्त गर्नुभयो । अध्यक्ष थापाले देशको समृद्धिका लागि आफ्नो पार्टीले उदार अर्थ नीतिको पक्षपोषण गरेको पनि बताउनुभयो  ।

अन्तिम अपडेट: माघ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया