एन्फा महिला लिगमा एपीएफले पुलिसलाई हरायो
माघ ७, २०८१ सोमबार
काठमाडाैं - संचार, सूचना तथा प्रविधिमन्त्री गोकुल बास्कोटाले सरकारले गर्न चाहेका नवीन कामहरुमा अवरोध श्रृजना भइरहेको बताउनुभएको छ ।
शनिबार काठमाडाैंमा भएको क्यान फेडरेसनको २५ औंं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री बास्कोटाले सरकारले घोषणा गरेका नविन काम अदालत तथा बुद्धिजीवी भन्नेहरुबाटै अवरोध हुन थालेको गुनासो गर्नुभएको हो ।
विरोध र अवरोध गर्नेहरुले आफ्नो क्षेत्राधिकार बुझेर काम नगर्दा सरकारलाई काम गर्न अप्ठ्यारो पर्ने गरेको पनि उहाँले बताउनुभयो । उहाँले सरोकारवाला र सम्बन्धित निकायले आफ्नो जिम्मेवारी नबुझेर अर्काको क्षेत्राधिकार मिच्ने परिपाटीका कारण समस्या श्रृजना भएको दाबी गर्नुभयो ।
डिजिटल नेपालको लक्ष पूरा गर्ने सन्र्दभमा केही अप्ठ्याराहरु श्रृजना हुने गरेको उल्लेख गर्दे उहाँले विद्युतिय कारोबार सम्बन्धी ऐनहरुलाई सहज बनाउदै लगिने बताउनुभयो ।
सिलौटे युग पार गर्दे अहिले मन्त्रीपरिषद् बैठक कम्युटर प्रणालीबाट संचालन गर्ने अवस्थामा आइसकेको भन्दै उहाँले सरकारले डिजिटल नेपालको संकल्प पूरा गरेरै छाड्ने दावी गर्नुभयो ।
सरकारले ५ वर्षे कार्ययोजनाका साथ डिजिटल नेपालको अभियानलाई अघि बढाउने उहाँले उल्लेख गर्नुभयो । त्यसका लागि सरकारले नीजी क्षेत्रसँगको सहकार्यलाई प्राथमिकता दिने उहाँले बताउनुभयो ।
कार्यक्रममा उद्योगवाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले सरकारले उद्योगी व्यवसायीलाई काम गर्ने र लगानी गर्ने वातावरण श्रृजना गरिदिनुपर्ने बताउनुभयो । उहाँले लगानीको वातावरण श्रृजना गर्न सकेमात्रै नेपालको औद्योगिक विकासले फड्को मार्ने दावी गर्नुभयो ।
क्यान फेडेरेसनले सरकारले सहयोग गरे ७ सय ५३ वटै स्थानीय तहलाई प्रविधिमैत्री बनाउन सकिने बताएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।