एन्फा महिला लिगमा एपीएफले पुलिसलाई हरायो
माघ ७, २०८१ सोमबार
गुल्मी – परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले लामो समयपछि नेपालले राजनीतिक अस्थिरता र संक्रमणकाललाई अन्त्य गरी राजनीतिक स्थायित्व प्राप्त गरेको भन्दै देशको विकास र समृद्धिका लागि अब कोही पनि पक्ष र प्रतिपक्ष हुन नसक्ने बताउनु भएको छ ।
उहाँले संसदभित्र बस्दा कोही सत्तापक्ष र कोही प्रतिपक्ष भए पनि देश बनाउने र देशको गरिबी, भष्ट्राचार र अन्धकारकाविरुद्ध लड्ने क्रममा अब कोही पनि सत्तापक्ष र प्रतिपक्ष नभएको बताउनुभयो । राष्ट्र निर्माणमा सबैको योगदान उत्तिकै महत्वपूर्ण रहेको भन्दै त्यसका लागि सबै एक ढिक्का भएर अघि बढ्नु पर्ने मन्त्री ज्ञवालीको भनाई थियो ।
शनिबार गुल्मीको सदरमुकाम तम्घासमा रेसुंगा बहुमुखी क्याम्पसको ३६ औं वार्षिकोत्सव तथा ३४ औं क्याम्पससभामा बोल्दै मन्त्री ज्ञवालीले त्यस्तो बताउनुभएको हो । अबको तीन वर्षभित्रमा नेपाललाई अति अल्पविकशितबाट विकासशील देशको रुपमा स्थापित गर्ने सरकारले संकल्प गरेको भन्दै मन्त्री ज्ञवालीले सन् २०३० भित्रमा नेपाललाई मध्यम आय भएको देशमा लैजाने दाबी गर्नुभयो ।
वर्तमान सरकार बनिरहँदा वाह्य सम्बन्धहरुमा ठूला–ठूला दरार उत्पन्न भएको र त्यसैका कारण नेपालको राष्ट्रियता अत्यन्तै कमजोर भएको भन्दै परराष्ट्र मन्त्री ज्ञवालीले छिमेकी सम्बन्ध र अन्तर्राष्ट्रिय सम्बन्धहरुलाई वर्तमान सरकारले एउटा नयाँ उचाईमा उठाएको दाबी गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।