एन्फा महिला लिगमा एपीएफले पुलिसलाई हरायो
माघ ७, २०८१ सोमबार
काठमाडौं – रौतहटको कटहरिया नगरपालिकाका प्रमुख सियारामप्रसाद कुशवाहालाई कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहितको जन्मकैदको सजायमा सर्वोच्च अदालतले शुक्रबार सफाइ दियो ।
न्यायाधीश शारदाप्रसाद घिमिरे र डम्बरबहादुर शाहीको संयुक्त इजलासले हिन्दू युवा सङ्घका तत्कालीन केन्द्रीय अध्यक्ष काशीनाथ तिवारीको हत्या अभियोगमा जन्मकैदको सजाय पाएका उहाँलाई शुक्रबार सफाइ दिएको हो ।
शुक्रबार सर्वोच्च अदालतबाट सफाइ पाएका मेयर कुशवाहा शनिबार काठमाडौंबाटै हेलिकप्टर चार्टर गरेरै कटहरिया पुग्नुभयो । कटहरियाको जनता उच्च माध्यमिक विद्यालयको प्रांगणमा उहाँको हेलिकप्टर उतारिएको थियो । उहाँलाई स्वागत गर्न सयौँ सर्वसाधारणको भिड लागेको थियो ।
रिहा भएको खुशियालीमा सार्वजनिक बिदा
त्यस्तै कटहरिया नगरपालिकाले शनिबार एउटा सूचना प्रकाशित गर्दै मेयरले सफाइ पाएको खुशियालीमा आइतबार नगरपालिका मातहतका सम्पूर्ण कार्यालयहरुमा सार्वजनिक बिदा दिइएको जनाएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयप्रसाद देवकोटाद्वारा जारी सूचनामा भनिएको छ, ‘कटहरिया नगरपालिकाका सच्चा अभिभावक नगर प्रमुख सियाराम प्रसाद कुशवाहाज्यू सम्मानित सर्वोच्च अदालतको मिति २०७५–०९–१३ गतेको फैसलाबाट सफाइ पाई निर्दोष सावित हुनुभएको खुशियालीमा २०७५–०९–१३ गते आइतबार एक दिन नगर कार्यपालिकाको कार्यालय मातहतका सबै वडा कार्यालयहरु र नगरपालिकाभित्र पर्ने सम्पूर्ण विद्यालयहरुमा बिदा दिने व्यहोरा यस कार्यालयको २०७५–०९–१४ को प्रमुख स्तरीय निर्णय भएको छ ।’
कुशवाहालाई उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जले तिवारीको हत्याको अभियोगमा जन्मकैदको फैसला सुनाएको थियो । कुशवाहालाई वीरगञ्ज कारागारमा राखिएको थियो । तिवारीको २०६७ असार १२ गते साँझ वीरगञ्जको अशोकवाटिकास्थित शिव पार्वती मन्दिर परिसरमा गोली हानी हत्या गरिएको थियो ।
कुशवाहा तत्कालीन नेकपा माओवादी केन्द्रबाट मेयरमा निर्वाचित हुनुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।