सरकारले सबै क्षेत्रको विभेद अन्त्यका लागि विशेष नीति लिएको छ: प्रम ओली

 पुष १५, २०७५ आइतबार १८:५२:१० | उज्यालो सहकर्मी

काठमाडाैं - प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सबै क्षेत्रको विभेद अन्त्यका लागि विशेष नीति लिएको पनि स्पष्ट पार्नुभएकाे छ ।

आइतबार गुरुङ समुदायको ल्होसार पर्वको अवसर पारेर काठमाडौंको टुँडिखेलमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्ताे बताउनु भएकाे हाे ।

प्रधानमन्त्री ओलीले मुलुकमा सामाजिक सदभाव बिथोल्ने प्रयास फेरि पनि भईरहेको उल्लेख गर्दै त्यसलाई परास्त गरेर अघि बढन पनि सबै समुदायलाई आह्वान गर्नु भयो । प्रधानमन्त्री ओलीले सरकारले पछि परेका जनतालाई अघि बढाएर मुलुकलाई समृद्ध बनाउन आवश्यक प्रबन्ध गरेको दावी पनि गर्नु भयो ।

प्रधानमन्त्री ओलीले संघीयता, धर्म निरपेक्षता, गणतन्त्रबाट कोही पनि पछि हटन नसक्ने पनि स्पष्ट पार्नु भयो । सबै जाति र समूदायको ठूलो बलिदानीपूर्ण संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेर अघि बढनुको विकल्प नरहेको प्रधानमन्त्री ओलीको भनाई थियो ।

प्रधानमन्त्री ओलीले नेपाल भूगोलले सानो भएपनि कला, भाषा र संस्कृतिको दृष्टिले विश्वमै सम्पन्न मुलुक भएको उल्लेख गर्दै सबै भाषा, कला र संस्कृतिको विकास गरेर अघि बढन सरकार प्रतिबद्ध रहेको पनि बताउनु भयो । कार्यक्रममा गुरुङ समुदायको भाषा, कला र संस्कृति झल्कने खालका सांस्कृतिक झाँकी समेत प्रस्तुत गरिएको थियो ।

अन्तिम अपडेट: माघ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया