एन्फा महिला लिगमा एपीएफले पुलिसलाई हरायो
माघ ७, २०८१ सोमबार
काठमाडौं – पार्टी एकताको विस्तृत खाका बनाउने विषयमा छलफल गर्न नेकपाको कार्यदलको बैठक बस्दैछ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो २ बजेपछि बस्ने बैठकमा प्रदेश तथा स्थानीय तहको एकता, जनवर्गीय संगठनको एकताको मापदण्डलगायतका विषयमा छलफल हुने कार्यदलका सदस्य योगेश भट्टराईले जानकारी दिनुभयो ।
पार्टी अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डपनि सहभागी हुने बैठकमा एकताका मापदण्ड, पहिलेका मापदण्डको समीक्षा र कमी कमजोरी देखिएका कुरा सच्याउने, विधानका देखिएको अन्योल हटाउनेलगायत विषयमा छलफल हुने पनि उहाँले बताउनुभयो ।
नेकपाको स्थायी समिति बैठकले पार्टी एकताका बाँकी काम कसरि सम्पन्न गर्ने भन्नेबारे खाका तयार पार्न रामबहादुर थापाको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । कार्यदलले दुवै अध्यक्षलाई बुझाउने प्रतिवेदनका आधारमा पुस महिनाभित्रै एकताका बाँकी काम टुंगो लगाउने नेकपाको तयारी छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।