एन्फा महिला लिगमा एपीएफले पुलिसलाई हरायो
माघ ७, २०८१ सोमबार
काठमाडौं – सांसदहरुले अध्ययनबिना नै सडक विस्तार र सवारी सञ्चालनको अनुमति दिँदा सवारी दुर्घटना बढेको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।
सिहंदरबारमा सोमबार बसेको विकास समितिको बैठकमा समिति सदस्यहरुले विकासको नाममा अध्ययन बिना नै सडक विस्तार गर्नाले दुर्घटनाको समस्या निम्तिएको बताएका हुन् । ग्रामिण क्षेत्रमा जथाभावी सडक विस्तारको काम भइरहेको भन्दै उनीहरुले डोजर चालक नै इञ्जिनियर बन्नु दुखद भएको बताए ।
समिति सदस्य गणेश पहाडीले प्राविधिक मापदण्डबिना सडक निर्माण हुनु नै दुर्घटनाको मुख्य कारक रहेको भन्दै प्राविधि मापदण्ड बिना सडक निर्माण गर्ने कार्यलाई दण्डनिय बनाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई आग्रह गर्नुभयो ।
उहाँले सडक सुरक्षा अडिड गर्नुपर्ने माग गर्नुभयो । त्यसैगरी समिति सदस्य आशाकुमारी विकले जथाभावी डोजरले डाँडा काट्ने गरेकाले सडक असुरक्षा बढाएको भन्दै विदेश भ्रमणलाई रोकेर सडक अनुगमनमा केन्द्रित हुन आग्रह गर्नुभयो ।
अर्का सदस्य राजेन्द्रकुमार राईलेले मन्त्रीले भने अनुसार अझै यातायात क्षेत्रको सिण्डिकेटको अन्त्य हुन नसकेकाले कुराभन्दा कामको प्रभावकारितामा ध्यान दिन भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।
समिति सदस्य यज्ञबहादुर सुनुवारले सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या दिनहुँ बढ्दै गइरहेको भन्दै जथाभावी सडक निर्माण र सञ्चालनको अनुमति दिने काम रोक्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।
समिति सदस्य गौरी शंकर चौधरीले २० वर्षे गाडी विस्थापित योजनाका कारण राजधानीबाट हटाइएका सवारी साधन ग्रामिण क्षेत्रमा सञ्चालन भएका कारण दुर्घटनाको जोखिम बढाएको दाबी गर्नुभयो ।
उहाँले अव्यवस्थित ढंगले सवारी रोकेर यात्रु चढाउने, फुटपाथमा पार्किङ गर्ने मिटरमा चल्न नमान्ने ट्याक्सी चालकलाई कारबाही गरी यातायात क्षेत्रलाई व्यवस्थित गराउनुपर्ने माग गर्नुभयो ।
अर्का सदस्य टेकबहादुर बस्नेतले सडकको स्तरहिनताका कारण सवारी दुर्घटना बढेकाले समयमै सरोकारवाला निकायले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । सवारी दुर्घटनाको बारेमा छलफल गर्न समितिले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ र ट्राफिक प्रहरी महाशाखा प्रमुखलाई छलफलमा बोलाएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।