अब सेना र प्रहरीलाई पनि सरकारले पार्टीकरण गर्नेछ : सभापति देउवा

 पुष १६, २०७५ सोमबार १६:४३:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले राष्ट्रिय एकता र मेलमिलाप नचाहेको आरोप लगाउनु भएको छ ।

सभापति देउवाले सरकार एकलौटी ढंगले अघि बढिरहेको उल्लेख गर्दै त्यसविरुद्ध आन्दोलनमा जाने चेतावनी पनि दिनुभयो । पार्टीको ४३ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सरकारले कर्मचारीतन्त्रलाई समेत पार्टीको नियन्त्रणमा राख्न खोजेको दावी गर्दै त्यसविरुद्ध आफ्नो पार्टी संघर्ष गर्न बाध्य हुने पनि स्पष्ट पार्नुभयो ।

‘कर्मचारीको खिलाफमा सरकारले अध्यादेश ल्याएको छ’, सभापति देउवाको आशंका थियो, ‘अब सेना र प्रहरीलाई पनि सरकारले पार्टीकरण गर्नेछ ।’ सभापति देउवाले मुलुकमा बीपी कोइरालाले प्रतिपादन गर्नु भएको राष्ट्रिय मेलमिलापको नीति आज पनि उत्तिकै सान्दर्भिक रहेको पनि उल्लेख गर्नुभयो ।

सभापति देउवाले प्रजातन्त्रका लागि कांग्रेसले कसैसँग सम्झौता नगर्ने पनि बताउनुभयो । कार्यक्रममा बोल्दै कांग्रेस युवा नेता गगनकुमार थापाले कांग्रेस नेतृत्वको सरकारले जारी गरेको संविधानको सार्थक कार्यान्वयन गर्ने दायित्व कांग्रेसको भएको उल्लेख गर्दै त्यसका लागि जिम्मेवार भएर अघि बढ्न पार्टी नेतृत्वको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।

उहाँले कम्युनिष्ट पार्टी नेतृत्वको वर्तमान सरकारसँग प्रजातान्त्रिक मूल्य, मान्यता र संस्कार नरहेको आरोप पनि लगाउनुभयो । नेता थापाले बीपी कोइरालाको राष्ट्रिय मेलमिलापको नीति संविधानको सार्थक कार्यान्वयनका लागि पनि उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

अन्तिम अपडेट: माघ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया