एन्फा महिला लिगमा एपीएफले पुलिसलाई हरायो
माघ ७, २०८१ सोमबार
काठमाडौं – राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले रेशम चौधरीको सपथ ग्रहण गराएर सरकारले नागरिकको अभिमतको सम्मान गरेको प्रतिक्रिया दिनुभएको छ ।
बिहीबार सिंहदरबारमा रहेको संसद सचिवालयमा रेशम चौधरीको सपथग्रहणपछि संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेता महतोले लोकतन्त्रमा नागरिकको अभिमतको सम्मान गर्ने काम भएको बताउनुभएको हो ।
उहाँले चौधरीलाई निर्वाचनको १३ महिना पुगिसक्दा पनि सपथ नगराएर लोकतन्त्रलाई धब्बा लगाउने र नागरिकको अभिमतलाई इन्कार गर्ने काम भएकोमा सरकारले ढिलै भए पनि जनमतको कदर गर्ने काम गरेकाले सपथलाई राम्रो सुरुवातको रुपमा आफूहरुले लिएको प्रतिक्रिया दिनुभयो ।
उहाँले संविधान संशोधन, बन्दी रिहाई, मुद्धा फिर्तालगायत आफूहरुले उठाएको मागमा सरकार सकारात्मक छ र भविष्यमा सम्बोधन हुँदै जाने विश्वासका साथ सपथलाई सहमति कार्यान्वयनको पहिलो कदमको रुपमा लिएको बताउनुभयो ।
रेशम चौधरीलाई अदालतले पनि न्याय गर्छ भन्नेमा आफू विश्वस्त रहेको उल्लेख गर्दै उहाँले राजनीतिक मुद्धालाई राजनीतिक रुपमा नै सम्बोधन गरिनुपर्ने तर्क गर्नुभयो । उहाँले भन्नुभयो, ‘राजनीतिक आन्दोलनकारीलाई अपराधि भन्न मिल्छ कि मिल्दैन ?’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।