एन्फा महिला लिगमा एपीएफले पुलिसलाई हरायो
माघ ७, २०८१ सोमबार
काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीको राजीनामा माग गरेको छ ।
नेपाली कांग्रेस राष्ट्रियसभाकी सांसद विन्दादेवी आलेले वाइडबडी विमान खरिद काण्डमा मुछिएका मन्त्री अधिकारीले तत्काल राजीनामा दिननुपर्ने माग गर्नु भएको हो । शुक्रबार राष्ट्रिय सभाको बैठकका विशेष समय लिएर बोल्दै उहाँले संघीय संसदको सार्वजनिक लेखा समिति अन्तरगतको उपसमितिले समितिमा बुझाएको प्रतिवेदनमा दोषी देखिएका मन्त्री अधिकारीले वाइडबडी विमान खरिदमा भएको अनियमिततासम्बन्धी छानबिन कार्यलाई सहज बनाउन पनि तत्काल पदबाट राजीनामा दिनुपर्ने तर्क समेत गर्नुभयो ।
उहाँले ४ अर्ब ३५ करोड वाइडबडी विमान खरिद प्रकरणका दोषीलाई कारबाही गर्नुको साटो छानबिन समिति गठन गरेको भन्दै सरकारको पनि चर्को आलोचना गर्नुभयो । कांग्रेस सांसद आलेले वाइडबडी विमान खरिदमा संसदीय उपसमितिले दोषी ठह¥याएकाहरुलाई तत्काल कारबाही गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।
संघीय संसद सार्वजनिक लेखा समिति अन्तरगतको उपसमितिले वाइडबडी विमान खरिद आर्थिक घोटाला प्रकरणमा संलग्न रहेको भन्दै मन्त्री अधिकारीलाई पनि कारबाही गर्न सिफारिस गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।